'हो, ११ सय ६९ चौकीमा शौचालय छैनन्, गाडी मेरो लागि मात्र होइन, पछि आउने आइजिपीले पनि चढ्छन्'
पौष १० गते, २०७५ मगलवार 25th December, 2018 Tue०७:२८:०६ मा प्रकाशित
काठमाडाैं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आवश्यकताअनुसार नै बुलेटप्रुफ गाडी किनेको बताएका छन् । प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ गाडी आफ्नो सोख नभई आवश्यकता भएको प्रस्टीकरण दिए ।
अाजकाेे नयाँ पत्रिका दैनिकमा अबर छ - सोमबार नयाँ पत्रिकामा देशभरका आठ सय ५० प्रहरी कार्यालयमा शौचालयसमेत नहुँदा आइजिपीले सवा दुई करोडको बुलेटप्रुफ गाडी खरिद गरेको र उनको निवास र सचिवालयमा यसअघि नै १९ गाडी रहेको समाचार प्रकाशित भएको थियो । समाचारमाथि उनले यसरी स्पष्टीकरण दिए :
म गाडीको सौखिन होइन, आवश्यकताले किनेको हो
गाडीको कुरा आज मिडियामा आएको छ । १२ वर्ष पुरानो गाडी रहेछ । एक ठाउँमा ठोक्किएर आएपछि प्रदेश ५ को एउटा गाडी झिकाएर चढ्दै आएको थिएँ । कतै जाँदा खेरि पाँच–सातजना स्टाफसहित जानुपर्ने हुन्छ । त्यसका लागि हामीले गाडी किनेका हौँ ।
त्यो मेरा लागि पनि होइन, संगठनको लागि किनेको हो । अर्काे वर्ष अर्काे व्यक्तिले चढ्ने हो । आवश्यकताको आधारमा गृह मन्त्रालयबाट समेत स्वीकृत भएर खरिद गरिएको हो । म गाडीमा सोख गर्ने व्यक्ति होइन । संगठनलाई चाहिन्छ भनेर किनिएको हो ।
अहिले समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रहरी महानिरीक्षककै सचिवालयबाट सञ्चालन भएकाले त्यहाँ धेरै प्रहरी छन् । उनीहरूले ती गाडी प्रयोग गर्ने भएकाले पनि धेरैजस्तो लागेको हुन सक्छ ।
शौचालयलाई हामीले प्राथमिकतामै राखेका छौँ
आइजिपीले नयाँ गाडी किन्यो, तर प्रहरीलाई शौचालय छैन भन्ने समाचार आयो । शौचालय आधारभूत कुरा हो, यसमा हामी लागिरहेका छौँ । आठ सय ५० स्थायी र तीन सय १९ अस्थायी गरी एक हजार एक सय ६९ प्रहरी इकाइसँग शौेचालय नभएकाले यो वर्ष चार सय ५० वटा बन्दै छन् । यसलाई पनि हामीले प्राथमिकतामै राखेका छौँ ।
१६ करोडको हल म बस्न बनाएको होइन
आजकै समाचारमा मैले हेरेँ, शौचालय बनेको छैन, १६ करोडको हल बन्दै छ भनेर । त्यो बिल्डिङ मैले बस्न बनाएको होइन । कुनै ठूलो कार्यक्रम गर्नुप-यो भने समस्या छ । भोलि तपाईंहरूलाई पनि यो हल काम लाग्न सक्छ । यो हल बनेमा ‘इन्टरनेसनल इभेन्ट’ गर्न सकिन्छ । यसलाई सकारात्मक रूपमा नै लिइदिनुप-यो ।
निर्मला प्रकरणको अनुसन्धान शून्यमा छ भन्न मिल्दैन
निर्मला हत्याकाण्डबारे म धेरै बोल्दिनँ । घटनाको हामीले इमानदारीसाथ अनुसन्धान गरिरहेका छौँ । यसमा हामीले भन्दा तपाईंहरूले धेरै बुझ्नुभएको छ, फिल्डमा गएर अनुसन्धानमूलक रिपोर्टिङ पनि गर्नुभएको छ । अनुसन्धान शून्यमा भनेर पनि तपाईंहरूले लेख्नुभयो । शून्य पनि भन्न मिल्दैन, यति प्रतिशत भनेर प्रतिशत पनि निर्धारण गर्न सक्दिनँ । परिणाम चाँडो आओस् भन्ने नै छ । त्यसमै हामी केन्द्रित छौँ ।
पहिला केही गल्ती भएकै हो । गल्ती गर्ने प्रहरीमध्ये प्रशासनिक कारबाहीको दायरामा रहेकालाई प्रशासनिक कारबाही हुन्छ, अपराध संहिता आकर्षित हुनेमा त्यसअनुसार पनि कारबाही हुन्छ । तर, जोसुकै व्यक्ति भए पनि यसमा संलग्नहरू पक्राउ पर्छन् । प्रहरीमाथि विश्वास गर्न आग्रह गर्छु ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: