Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

काठमाडाैं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार बुधबार अपराह्न ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् । अाजकाे नयाँ पत्रिका  दैनिकमा खबर छ - प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबार दुई÷दुईवटा बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त हिउँदे अधिवेशन प्रारम्भ गर्नेसम्बन्धी प्राप्त पत्र पढेर सुनाउने, दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यायदेश प्रस्तुत गर्ने कार्यसूची सचिवालयले तयार गरेको छ । राष्ट्रिय सभाको बैठकमा समेत राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र दलीय हिसाबमा नेताहरूले सम्बोधन गर्ने, अध्यादेश विधेयक पेस गर्ने कार्यसूची तय भएको नेकपाका राष्ट्रिय सभाका नेता खिमलाल भट्टराईले बताए । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकले पूर्वसांसदत्रय चक्र बास्तोला, पद्मरत्न तुलाधर र मोतीदेवी थारूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालय प्रवक्ता डा.रोजनाथ पाण्डेले बताए । धमाधम बिजनेस आउँदै संघीय संसद्को दुवै सदनबाट आगामी २१ फागुन अर्थात् संघीय संसद्को पहिलो अधिवेशन प्रारम्भ भएको मितिले एक वर्षभित्र संविधानसँग बाझिने सबै कानुन संविधानअनुकूल बनाउनुपर्ने संवैधानिक व्यवस्था छ । हाल मुलुकमा ३३९ वटा कानुन कार्यान्वयन अवस्थामा छन् । संविधान निर्माणपछि बनेकासहित १६५ वटा कानुन संशोधन गर्न आवश्यक नदेखिएको सरकारको ठहर छ । संशोधन गर्नुपर्ने १७४ कानुनमध्ये सातवटा विधेयक मन्त्रिपरिषद्को विधेयक शाखाबाट स्वीकृत भइसकेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । बाँकी १६७ मध्ये ५५ वटा कानुन एकैपटक संशोधन गर्ने गरी तथा तथा कर फस्र्योट आयोग ऐन खारेजी गर्नेसहित ५६ वटा कानुनको विषयमा प्रस्ताव सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मार्फत प्रतिनिधिसभामा दर्ता गराइसकेको छ । चार नयाँ विधेयक दर्ता सरकारले पछिल्लो यस हप्ता मात्रै चारवटा विधेयक संसद्मा दर्ता गराएको छ । जसमध्ये प्रतिनिधिसभामा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक, पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत आइतबार दर्ता भएको छ । सरकारले सोमबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । सो विधेयक राष्ट्रिय सभामा पनि दर्ता भएको छ । प्रतिनिधिसभामा सिट हेरफेर संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाहल पुनर्सरचना गर्न झन्डै साढे तीन करोड खर्च गरेको एक वर्ष नबित्दै प्रतिनिधिसभाको हलको कुर्सी, टेबुल तथा माइक हेरफेर गरिएको छ । संसद् बैठकका क्रममा सबै कुर्सीअघि टेबुलको व्यवस्था नभएको, माइक कमसल परेको, ६०१ सदस्यीय संविधानसभाका सबै कुर्सी रहँदा संसद् बैठकमा सांसदहरू भएकै समयमा समेत खाली देखिने गरेकोलगायतका गुनासो सांसदहरूले नै गरेपछि सचिवालयले सबै कुर्सीको लहरअघि टेबुलको व्यवस्था तथा कमसल माइकको ठाउँमा नयाँ माइकको व्यवस्था तथा कुर्सीको संख्या हेरफेर गरेको छ । सचिवालयले यसपटक १० लाख रुपैयाँभन्दा बढी खर्च गरेको स्रोतले बतायो । सत्तारुढ नेकपाका लागि २१० र प्रमुख प्रतिपक्षी दल कांग्रेसका लागि १०२ वटा सिट व्यवस्थापन गरिएको छ । त्यस्तै, सरकारमा सहभागी हुने बढीमा २५ मन्त्रीका लागि सिट व्यवस्थापन गरिएको छ भने राजपालाई कम्तीमा १९ र फोरमलाई कम्तीमा १८ वटा रहने गरी सिट व्यवस्थापन गरिएको छ । स्वतन्त्र सांसदका रूपमा रहेका पाँच सांसदका लागि सभामुख कक्षबाट बायाँतिर सिट व्यवस्थापन गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending