Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

फर्किंदैन ३३ किलो सुन !

काठमाडौं । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए। सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए। तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन्। अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ। तर कूटनीतिक पहल भए अनुसन्धानमा सहयोग गर्ने सन्देश भारतले दूतावासमार्फत नेपाल सरकारलाई पठाएको छ। यसबाट सुन तस्करीको अनुसन्धान प्रभावित हुने देखिएको छ। यसबारे कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भारतीय अधिकारीसँग गत मंगलबार छलफल गरेका थिए। भारतमा बरामद सुन चूडामणि उप्रेती ‘गोरे’ को समूहले २०७४ माघ ९ गते काठमाडौँ भित्र्याएपछि हराएकै भएको गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समिति बताउँछ। जेलमा रहेका गोरेको पुरानो सेल्टर सिलगुढी क्षेत्र भएकाले त्यहीँबाट यो सुन कोलकाता पुर्‍याइएको दाबी समितिको छ। ‘कोलकातामा बरामद भएको सुनमा पनि ‘दुबइ हलमार्क’ छ। खाडी मुलुक हुँदै त्रिभुवन विमानस्थलबाट पछिल्लो समय सुन नभित्रिएकाले हाम्रो निचोड त्यही सुन हो भन्ने छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘तर भारतीय निकायले बरामद गरेकाले अनुसन्धानमा समस्या छ। भारतीय पक्षले यो सुन र पक्राउ परेका नेपालीमाथि अनुसन्धान गर्न दिल्लीको आदेश चाहिने जानकारी दिइसकेको छ।’ आफ्नो भूमिमा बरामद सुन फिर्ता नदिने भारतले जनाएको छ। पक्राउ परेका नेपालीसँग बयान लिन सरकारले कूटनीतिक पहल थालेको छ। भारतीय पक्षको यस्तो सन्देशपछि गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अनुसन्धानका लागि सहयोग गरिदिन भारतसरकारलाई सरकारलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा पत्र पठाएको छ। छानबिन समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले अनुसन्धानको पहल भइरहेको बताए। फर्किंदैन सुन गृह स्रोतका अनुसार भारतमा बरामद भएको सुन नेपाल फर्किने अवस्था छैन। अनुसन्धानका लागि पक्राउ परेका नेपालीलाई ल्याउन पनि समस्या छ। त्यसैले यताबाट टोली पठाएर बयान लिने तयारीमा गृह लागेको छ। गृहमन्त्री रामबहादुर थापाले परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छन्। समिति पनि समातिएका नेपालीसँग बयान लिन सके सुनकाण्डमा मुछिएका दुई सय ९३ जनाबारे थप विवरण खुल्नेमा विश्वस्त छ। ‘भारतले नेपाललाई सुन दिँदैन तर त्यो नेपालबाटै गएको यकीन गरेर पक्राउ परेकामाथि बयान लिन सके थप तथ्य र तस्करको जालो पनि खुल्थ्यो,’ छानबिन समितिका एक सदस्य भन्छन्, ‘सुन बरामद भएको सुनेर खुसी त भयौँ, तर भारतले सहयोग नगरे तस्कर समात्न सम्भव छैन। सरकारले छिटो पहल गर्न जरुरी छ।’ कहाँबाट भारत पुग्यो सुन ? छानबिन समिति भन्छ, त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा दुबई सुन भित्रिन छाडेको एक वर्ष हुनलाग्यो। अनामनगरबाट हराएको ३३ किलो सुन धरान वा इटहरीमा लामो समय लुकाएर राखिएको र पूर्वी नाका हुँदै भारत पुर्‍याइएको निचोड समितिको छ। छानबिन समितिले गृहमा प्रतिवेदन बुझाएपछि अनुसन्धान सुस्ताएको छ। जिल्ला अदालत मोरङले थुनामा पठाएका सुन तस्करीका अभियुक्तलाई उच्च अदालतले धमाधम छोडिरहेको छ। तिनै छुटेकाले सुन भारत पुर्‍याएको समिति स्रोत बताउँछ। ‘त्यो सुन केही समयअघि मात्रै भारत छिराइएको हो। काँकडभिट्टा वा जोगबनी नाकाबाट लगिएको हाम्रो आकलन छ,’ समितिका एक सदस्य भन्छन्, ‘तस्करीमा मुछिएका व्यक्ति धधमाम रिहा भएसँगै तस्करीमा संलग्नहरुले टाउको उठाइरहेका छन्। सरकार निर्मला पन्त प्रकरणमा फसेको समयमा सुन भारत पुर्‍याएको देखिन्छ।’ पक्राउ परेका दुई जना समितिको सूचीमा कोलकातामा सुनसहित पक्राउ परेका हेमराज शर्मा र राकेश शर्मा इटहरीका सुन व्यापारीका कामदार हुन्। उनीहरु तस्करीमै मुछिएर जेलमा रहेका सुनसरीका मोहन काफ्ले ‘मणि’ र गोरेका भरिया भएको पौडेल संयोजकत्वको छानबिन समितिले जनाएको थियो। पौडेलको संयोजकत्वको समितिले गृहमन्त्री थापालाई बुझाएको प्रतिवेदनमा पनि यी दुईको नाम थियो। उनीहरुलाई वतन नखुलेका राकेश प्रसाद र हेमकुमार वा हेमप्रसाद नाम प्रतिवेदनमा छ। यी दुवैजनाको नाम सुन तस्करीका नाइके भनिएका गोरेको यातनाबाट मारिएका सनम शाक्यको डायरीमा पनि रहेको छानबिन समितिले जनाएको छ। उनीहरु भारतीय प्रहरीको हिरासतमा छन्। उनीहरुलाई सनम शाक्य, सानु वन र प्रेमलाल चौधरीको हत्या हत्या, अपहरण र यातनामा पनि मुद्दा चलाउने पहल गृहले गरेको छ। धमाधम छुट्दै अभियुक्त गोरेको समूहले मात्रै २०७० यता ३८ क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट भित्र्याएको दाबी समितिको छ। जसको मूल्य १७ अर्ब १ करोड ८० लाख रुपैयाँ हुन आउँछ। सनम शाक्य हत्या तथा तस्करीको आरोपमा २०७४ फागुन १९ गते गोरेसहित र अन्य ६३ जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा चलाएको थियो। त्यसपछि पक्राउ परेका थप १५ जनाबिरुद्ध पनि यही प्रकरणमा मुद्दा चलाइयो। तर मुद्दा उच्च अदालत पुगेपछि अभियुक्तहरु धमाधम छुटे।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending