पौष १२ गते, २०७५ बिहिवार 27th December, 2018 Thu०६:४३:३१ मा प्रकाशित
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका कर्मचारीलाई स्वदेश फिर्तामा रोक नलगाउन निर्देशन दिएको थियो । त्यसअघि १ पुसमा भने स्वदेश फिर्तीमा रोक लगाउन पत्राचार गरिएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए । उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका सबैले नेपाल छाडेका छन् । क्रिसमस मनाउन भन्दै उनीहरू जान खोजे । छाडेको काममा पछि फर्किन्छौँ भने । त्यसपछि कसैलाई रोक नलगाउन आदेश दिइएको हो ।’ मन्त्रालयको आदेशपछि प्रहरीले १ पुसको मध्यरातमा ठेकेदार कम्पनीका म्यानेजर इटालियन नागरिक ग्रेसो क्रिस्टियनसहित आठजनालाई पक्राउ गरेको थियो । त्यसमध्ये ६ जनाको पासपोर्ट जफत गरिएको थियो । अन्यलाई भने उच्च निगरानीमा राखिएको थियो । तर, मन्त्रालयले स्वदेश फिर्तीमा रोक नलगाउन विभागलाई पत्राचार गरेपछि उनीहरूले नेपाल छाड्न थालेका थिए ।
ठेकेदार कम्पनीका कुनै पनि प्राविधिक निर्माणस्थलमा नभएपछि सुुरुङ निर्माणको काम अहिले ठप्प छ । जुन सम्झौताविपरीत हो । ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अनुसार कम्पनीले निर्माणस्थल पूर्णरूपमा छाड्न मिल्दैन । न काम रोक्न नै मिल्छ । सुरुङ निर्माणमा इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) कार्यरत छ । कम्पनीसँग नेपाल सरकारको तर्फबाट मेलम्ची खानेपानी आयोजनाले ३१ असार ०७० मा ठेक्का सम्झौता गरेको थियो ।
मन्त्रालय स्रोतका अनुसार कम्पनीमा आबद्ध प्राविधिक काममा फर्कने÷नफर्कने कुनै टुंगो छैन । मन्त्रालयका सचिव ठाकुरले क्रिसमस सकिएको सात दिनपछि उनीहरू काममा फर्कने दाबी गरे पनि ढुक्क हुने स्थिति नभएको बताए । कम्पनीमा १४ इटालियन, ३ फिलिपिनो, ७ कोलम्बियन, २ चाइनिज र १ दक्षिण अफ्रिकन कार्यरत थिए ।
सुरुङ निर्माण झनै अनिश्चित
सुरुङ निर्माणमा संलग्न ठेकेदार कम्पनीले काममा फर्कने प्रतिबद्धता जनाए पनि फर्कने÷नफर्कने टुंगो नभएपछि सुरुङ निर्माण कार्य अनिश्चित बनेको छ । पानी ल्याउन आवश्यक सुरुङ निर्माण गरिए पनि ७ सय मिटर प्लास्टर गर्न अझै बाँकी छ । सुरुङभित्र क्यामरा, सेन्सर, एयरब्यालेन्स मिलाउने मेसिनलगायतका काम गर्न बाँकी नै छ । पानीलाई सुरुङमार्गसम्म ल्याउन मुहानको निर्माण कार्य सुरु नै भएको छैन ।
६० करोड थप्न कम्पनीको नयाँ माग
भूकम्प र लगत्तैको नाकाबन्दीले निर्माण कार्य प्रभावित भएको भन्दै ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेको थियो । तर, आयोजनाले मागेजति रकम दिन नसक्ने भनेपछि विवाद डिस्प्युट रिफेक्सन बोर्ड (डिआरबी)मा पुग्यो । दुवै पक्षको विवादपछि बोर्डले ३५ करोड रुपैयाँ क्षतिपूर्ति ठेकेदार कम्पनीले पाउनुपर्ने निष्कर्ष निकाल्यो । यसमा दुवै पक्ष सहमत भए । लगत्तै कम्पनीले आयोजनासँग क्षतिपूर्तिबापतको रकम माग ग¥यो । तर, आयोजनाले दिन मानेन । सोही निहुमा ठेकेदार कम्पनीले काम छाडेर हिँडेपछि आयोजना ३५ करोड रुपैयाँ तत्काल दिन राजी भयो । तर, ठेकेदार कम्पनीले सो रकम लिन मानेको छैन । खानेपानी मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले अहिले ६० करोड रुपैयाँ थप रकम माग गरिरहेको छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: