Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

'पर्यटनमन्त्रीले नै ढाँटे'

काठमाडौं । वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ। मंगलबार उनले वाइडबडीका लागि भुक्तानी गर्दा महालेखा परीक्षकसँग राय लिएको दाबी गरेका थिए। तर, महालेखापरीक्षक टंकमणि शर्माले सार्वजनिक लेखा समितिमा मन्त्रीले झुठो बोलेको स्पष्ट पारेका छन्। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - ‘म उहाँको अफिसमा कहिल्यै पनि गएको छैन, उहाँ पनि मेरो अफिसमा आउनुभएको छैन,’ महालेखापरीक्षकले बुधबार वाइडबडीबारे अध्ययन गर्न बनेको उपसमितिमा भने, ‘वाइडबडी जहाजको विषयमा उहाँको मन्त्रालयमा वा मेरो कार्यालयमा छलफल भएको छैन। मैले उहाँलाई कुनै प्रकारको राय, सुझाव वा सल्लाह दिएको छैन।’ राजन केसीको संयोजकत्वमा रहेको उपसमितिले मंगलबार पर्यटनमन्त्रीलाई र बुधबार महालेखापरीक्षकलाई वाइडबडीबारे स्पष्ट पार्न बोलाएको थियो। ‘वाइडबडीको पैसा पठाउनेबारे महालेखासँग छलफल भएको थियो भनेर मन्त्री अधिकारीले भन्नुभयो, त्यो रेकर्डमा पनि छ,’ संयोजक केसीले भने, ‘यो विषयमा के भएको हो स्पष्ट पारिदिनुपर्‍यो।’ ‘वाइडबडीको सत्यतथ्य आउनुपर्छ। नत्र हामी सरकारलाई छोड्नेवाला छैनौँ।’ – शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता ‘यहाँ (उपसमितिमा) भएको छलफलमा मन्त्री अधिकारीले जुन कुरा राख्नुभएको छ, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ महालेखापरीक्षक शर्माले भने, ‘यस्ता असहमत भएको विषयमा उहाँ (मन्त्री) सँग आज बिहान टेलिफोनमा कुरा भएको थियो। त्यस विषयमा उहाँ अल्मलिनु भएको छ।’ शर्माले महालेखका प्रतिवेदन तयार गर्नुअघि निगमको सञ्चालक समितिका अध्यक्ष तथा पदाधिकारीहरूसँग दर्जनौँपटक छलफल गरेको बताए। ‘उहाँलाई मैले तपाईंहरूले त्रुटि गर्नुभयो भनेको छु। तर मन्त्रीसँग कुनै पनि किसिमको छलफल भएको छैन।’ शर्माले उपराष्ट्रपतिको जलपानमा वाइडबडी ग्राउन्डेड भएको विषयमा चाहिँ सामान्य कुराकानी भएको बताए। ‘जहाज आयो तर चलेको छैन। ग्राउन्डेड भएको छ रे। के भएको हो ? भनेर सामान्य छलफल भएको थियो। त्यो विषय यत्तिकै भयो,’ उनले भने। ‘नयाँ किन्ने भनेको बंग्याएर पुरानो र जहाज निर्माता कम्पनीसँग नभई नक्कली कम्पनी खडा गरेर किनियो। यो कुन प्रकारको लोकतन्त्र हो ? ’– डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री शर्माले वाइडबडी अनियमितताको कुरा उठाउन निकै कठिन परेको पनि बताए। ‘यो धेरै मेहनत गरेर उठान गरिएको विषय हो। यसलाई ओझेल पार्नलाई, विषयान्तर गर्नलाई अरु पनि धेरै कुरा आइरहेको महसुस गरिरहेको छु,’ उनले भने, ‘यसमा तपाईं माननीयहरू केन्द्रित हुनुपर्ने विषय छन्। पहिलो, प्रक्रिया पारदर्शी हुनुपर्छ। दोस्रो, मूल्य यथार्थ हुनुपर्छ। तेस्रो, जहाज आइसकेपछि राम्रोसँग चल्नुपर्‍यो र राज्यलाई फाइदा हुनुपर्छ भन्ने हो।’ महालेखाको अध्ययनपछि अनियमितताको कुरा बाहिर आएको पनि उनले बताए। ‘सरकारलाई छाड्दैनौँ’ वाइडबडी प्रकरणमा संसद्मा पनि नेताहरुले प्रश्न उठाएका छन्। प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले वाइडबडी प्रकारलाई यस ‘नछोड्ने’ चेतावनी दिएका छन्। उनले अनियमितताको यथार्थ सार्वजनिक गर्न माग गरे। ‘वाइडबडीको सत्यतथ्य आउनुपर्छ,’ देउवाले प्रतिनिधिसभा बैठकमा भने, ‘नत्र हामी सरकारलाई छोडनेवाला छैनौँ।’ यसबारे मन्त्री र कर्मचारीको फरकफरक धारणा आएको भन्द देउवाले असन्तुष्टि जनाए। ‘डीजी एउटा कुरा गर्ने, मन्त्री अर्को कुरा गर्ने? ’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि वाइडबडीबारे अविलम्ब छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए। आफू अर्थमन्त्री हुँदा नयाँ विमान खरिद प्रक्रिया अघि बढेको उल्लेख गर्द भट्टराईले भने, ‘नयाँ किन्ने भनेको बंग्याएर पुरानो किनियो। जहाज निर्माता कम्पनीसँग नभई नक्कली कम्पनी खडा गरेर किनियो। यो कुन प्रकारको लोकतन्त्र हो ? ’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending