Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

धान उत्पादन वृद्धि

राजविराज । यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ९तत्कालीन कृषि विकास कार्यालय० का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिए । जिल्लामा रहेको कूल ७० हजार हेक्टर खेतीयोग्य जमीनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको बताउँदै प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिकटनका दरले कूल एक लाख ६९ हजार ५५० मेट्रिकटन धान उत्पादन भएको उहाँले बताए । गत वर्ष प्रतिहेक्टर सरदर दुई दशमलव ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । आव २०७३/०७४ मा उत्पादन दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७० /०७१ र ०७१/७२ मा जिल्लामा औसत तीन दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान उत्पादन भएको उक्त कार्यालयले जनाएको छ । रोपाइको समयमा तुलनात्मकरुपमा वर्षाले साथ दिएकाले गत वर्षभन्दा आठ हजार ५०० हेक्टर बढी जमीनमा धान रोपाइँ भएकाले पनि धान उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले बताए । गत वर्ष रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा सात हजार हेक्टर जमनि बाँझै रह्यो । गत वर्षको बाढीले रोपाइँ भएको धानबालीसमेत पुरेपछि कतिपय किसानले यसपाली पनि धानबाली लगाउन सकेका थिएनन् । करीब आठ हजार ५०० हेक्टर धानबाली त्यति बेला बाढीले बगाएको थियो र बाँकी रहेको बालीबाट किसानले कूल एक लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको उक्त कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सिँचाइ अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमीन सप्तरी जिल्लामा बाँझो रहने गरेको पाइएको छ । सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमीनलाई सिञ्चित क्षेत्र मानिए पनि चन्द्रनहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर प्रणाली गरी तीन वटा ठूला सिँचाई प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाई सेक्टरअन्तर्गतका अन्य सानातिना सिँचाइ छन् तर अधिकांश सिँचाइ प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाइ अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमीन बाँझो रहने गरेको उक्त कार्यालयले जनाएको छ । खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाइ, मललगायत आवश्यक व्यवस्था गर्नसके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर चारदेखि पाँच मेट्रिकटनसम्म पु¥याउन सकिन्छ ।” तर रोपाइँको समयमा सिँचाइको अभाव, त्यसपछिको बाढी अनि पानीे आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा यहाँ धान उत्पादन घट्दै गएको कृषि क्षेत्रका जानकारको भनाइ छ । प्राप्त तथ्याङ्कअनुसार आव ०७४/०७५ मा ६३ हजार हेक्टर जमीनमा मात्रै धान बाली लगाइएको थियो भने २०७३÷७४ मा ५४ हजार ५०० हेक्टर, ०७२/०७३ मा ३२ हजार ९०० हेक्टर तथा ०७१÷०७२ मा ४२ हजार हेक्टर र ०७०/०७१ मा ६० हजार २०० हेक्टरमा धान बाली लगाइएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy