पौष १७ गते, २०७५ मगलवार 1st January, 2019 Tue०६:५४:२४ मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४४ औं दीक्षान्त समारोहमा २९ स्वर्ण पदक वितरण गर्यो । एकै विद्यार्थीले तीनवटासम्म स्वर्ण पाए । त्यसैले स्वर्ण विजेता विद्यार्थीको संख्या भने २३ मात्रै रह्यो । तीमध्ये १४ जना छात्रा हुन् भने नौ छात्र ।
अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - स्वर्ण पाउने मध्येकी एक चितवनस्थित रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले स्नातकोत्तर तहतर्फका सर्वोत्कृष्ट तीन स्वर्ण पदक हात पारिन् । सुलोचनाले ‘चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामदास मानन्धर स्वर्ण पदक पाइन् ।
झापाको दमक बहुमुखी क्याम्पसकी दुर्गा अर्यालले पनि एमबीएसमा उत्कृष्ट अंक ल्याएर दुई वटा स्वर्ण पदक हात पारिन् । विशिष्ट श्रेणीसहित ७५ प्रतिशत अंक ल्याएकी अर्यालले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार पाइन् ।
स्नातकोत्तर तहमा स्वर्ण पदक पाउने छात्रामा अल्का श्री श्रेष्ठ, विन्दा श्रेष्ठ, अनिशा भट्टराई, रश्मी थापा, अभिलासा न्यौपाने, सरिता गौतम र मन्दिरा दुलाल छन् । स्नातक तहमा स्वर्ण पदक पाउने छात्रामा स्वेच्छा जोशी, प्रभा त्रिपाठी, प्रतीक्षा पौडेल, विनिता महर्जन र लीना महर्जन छन् ।
एमफिलमा जनप्रशासन केन्द्रीय विभागका छात्र नेत्रप्रसाद सुवेदीले स्वर्ण पाए । स्नातकोत्तर तहमा छात्रमा निर्देश सिलवाल, रामबाबु सापकोटा, राजु श्रेष्ठ र महेश आचार्य तथा स्नातक तहमा राजेश पनेरु, नरेश सुवेदी, सन्तोष खत्री र संघर्ष गाउँले क्षेत्रीले पनि स्वर्ण पाए ।
विद्यार्थीलाई पढाइमा प्रोत्साहित गर्न विश्वविद्यालयले विभिन्न व्यक्ति र संस्थाको नाममा पुरस्कार स्थापना गरी पदक वितरण गर्दै आएको छ । एमफिल, स्नातकोत्तर र स्नातक तह पूरा गरेकालाई पदक वितरण गरिन्छ ।
त्रिविको दीक्षान्त सोमबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा आयोजना गरिएको थियो ।
त्रिविबाट एक वर्षमा विभिन्न तह उत्तीर्ण गरेका ७४ हजार दुई सय ८४ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले त्यही समारोहबाट दीक्षित भएको घोषणा गरे । उनले स्वर्ण पदक हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे ।
ओलीले अध्ययनबाट सिकेको ज्ञान र सीपलाई स्वदेशमै खर्च गर्न विद्यार्थीसँग आग्रह गरे । समारोहका प्रमुख अतिथि बनेर आएका भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका स्कुल अफ इन्टरनेसनल स्टडिजका साउथ एसियन इकोनोमिक्स विषयका प्राध्यापक महेन्द्र पी लामाले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र भर नपर्न आग्रह गरे । कक्षाकोठा र किताबको सिकाई मात्र पर्याप्त नभएको उनको भनाइ थियो ।
शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयले दिएको शिक्षा महत्वपूर्ण रहे पनि पर्याप्त नभएको बताए । विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले त्रिविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउने अभियानमा आफू रहेको बताए ।
२०७४ जेठ १८ देखि २०७५ जेठ ३१ सम्म त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरेकालाई दीक्षित गरिएको थियो । दीक्षान्तमा भाग लिन भने ९ हजार ५ सय ५ ले मात्रै आवेदन दिएका थिए । त्रिविका ५ वटा अध्ययन संस्थान र ४ वटा संकाय छन् ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: