Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

सुस्त नेकपा : कार्यतालिका बन्छ, काम हुँदैन

काठमाडौं ।नेकपाको सरकार सुस्त भएकोमा दिनहुँ आलोचना सुनिन्छ। तर, सत्तारुढ दल सरकारमा मात्र होइन, आफ्नै पार्टीको काममा पनि धीमा छ। राजनीतिक र सांगठनिक योजना निर्माणका लागि नेकपाले कार्यतालिका बनाउने गर्छ। तर, त्यसको कार्यान्वयनमा भने उदासीनता देखिन्छ। पार्टीको काममा नेकपा कार्यतालिकाभन्दा ढिलो छ। यसको पछिल्लो उदाहरण हो, संगठनात्मक काम गर्न स्थायी समितिले बनाएको कार्यदल। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - कार्यतालिकाअनुसार २५ पुसभित्रै दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाइसक्नु पथ्र्यो। पुस मसान्तसम्म त्यसमा सचिवालयले छलफल गर्ने र बैठक डाक्ने निर्णय १३ पुसमा गरिएको थियो। तर, अहिलेसम्म कार्यदलले प्रतिवेदन नै बनाइसकेको छैन। निर्धारित म्याद गुज्रिसकेको छ। तर, कार्यदल छलफलको प्रारम्भिक चरणमै छ। माघ पहिलो सातासम्म प्रतिवेदन बुझाउनेगरी काम भइरहेको कार्यदलका एक सदस्यले बताए। संगठनात्मक एकताका लागि अहिले चौथो कार्यदलले काम गरिरहेको छ। यसअघि तीन वटा कार्यदल बनेको थियो। पहिलो कार्यदलको प्रतिवेदन काम लागेको भए नेकपाले प्रदेश तथा जिल्ला कमिटीको एकीकरणका लागि साउन २५ भित्र केन्द्रीय सचिवालयमा प्रतिवेदन प्रस्तुत गर्ने र भदौ ५ भित्र एकीकरण सम्पन्न गरिसक्नुपर्ने थियो। त्यस्तै, भदौ १५ भित्र प्रदेश र जिल्ला कमिटीको पहिलो बैठक तथा जनवर्गीय संगठनको एकीकरण सकिनुपर्ने थियो। तर प्रदेश तहसम्मको एकीकरण (अझै केही विवाद बाँकी छन्) बाहेक न त तल्लो कमिटीको एकता भएको छ, न जनवर्गीय संगठनको एकता। पार्टीको अन्तरिम विधान र नियमावलीबमोजिम आर्थिक विनियम, कार्यकर्ता संरक्षण कोष विनियम, केन्द्रीय कार्यालयका कर्मचारीहरुको सेवा र सर्तसम्बन्धी विनियम र पार्टी स्कुल सञ्चालन निर्देशिका मस्यौदाका लागि सुवास नेम्वाङको संयोजकत्वमा कार्यदल गठन गरेको ५ महिना बितिसक्यो। कार्यदलले प्रतिष्ठान सञ्चालन निर्देशिका, सम्र्पक मञ्च सञ्चालन निर्देशिका र आचारसंहिता मस्यौदा पनि तयार गर्नेछ। समयमै काम हुन नसक्नुमा केही प्राविधिक र आन्तरिक अप्ठेरा रहेको नेम्वाङले बताए। ‘अहिले स्थिति नै त्यस्तै छ। केही प्राक्टिकल र केही आन्तरिक समस्या आइलागेका छन्। त्यही कारण कार्यतालिकाअनुसार काम गर्न सकिरहेका छैनौं,’ नेम्वाङले भने। प्रवासको कामसम्बन्धी निर्देशिका तयार गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भने प्रतिवेदन बुझाएको छ। तर त्यसलाई पनि पारित गरेर कार्यान्वयनमा लगिएको छैन। पार्टीको अन्तरिम विधान र नियमावली प्रकाशन गरिएको छ। तर विधानमा विवाद देखिएकोले छलफल पुनः छलफल प्रारम्भ भएको छ। यो विवाद मिलाएर प्रस्ताव तयार गर्ने जिम्मेवारी संगठनात्मक कामका लागि बनेको रामबहादुर थापा नेतृत्वको कार्यदललाई दिइएको छ। पार्टी एकतापछि एकीकृत पार्टीको राजनीतिक प्रतिवेदन समेत प्रकाशन गर्न सकेको छैन। जेठ ५ को सचिवालयले १५ जेठभित्रै राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने भनेको थियो। पछि साउन मसान्तभित्र प्रकाशन गर्ने भनियो। तर, त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। यसको तयारी भइरहेको नेकपा नेताहरु बताउँछन्। तर कहिले, ठेगान छैन। पार्टी एकतापछि एकीकृत पार्टीको राजनीतिक प्रतिवेदन समेत प्रकाशन गर्न सकेको छैन। जेठ ५ को सचिवालयले १५ जेठभित्रै राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने भनेको थियो। पछि साउन मसान्तभित्र प्रकाशन गर्ने भनियो। तर, त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। यसको तयारी भइरहेको नेकपा नेताहरु बताउँछन्। तर कहिले, ठेगान छैन। – नेम्वाङ नेतृत्वको कार्यदलले प्रतिवेदन नै बनाएन यो कार्यदलले अहिलेसम्म प्रतिवेदन बनाएको समेत छैन। संयोजक नेम्वाङले छलफल चलेपनि प्रतिवेदन बनाउने तहसम्म अझै पुगिनसकेको बताए। ‘कार्यदलले वर्कआउट गरिरहेको छ। कतिपय साथीहरु अर्काे पार्टी संगठन एकीकरण कार्यदलतिर पनि हुनुभएकोले समय लिइरहेको छ,’ नेम्वाङले अन्नपूर्णसँग भने, ‘संगठनको कार्यदलले काम सक्नेबित्तिकै हामी पनि आफ्नो प्रतिवेदन तयार पारेर बुझाउँछौं।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy