Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

गाडी खरिद छानबिन गर्न उपसमिति

बुटवल । प्रदेश ५ का मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीका विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ। यसका लागि समितिको शुक्रबार बसेको बैठकले उपसमिति गठन गरेको छ।कुलप्रसाद पोखरेल संयोजकत्वको उपसमितिमा वैजनाथ कलावर र कल्पना पाण्डे सदस्य छन्।१४ वटा गाडी खरिदमा अनियमितता भएको समाचार प्रकाशन भएपछि समितिले आकस्मिक बैठक बोलाएको थियो। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - उपसमितिले एक साताभित्र खरिदसम्बन्धी कागजातको प्रारम्भिक अध्ययन गर्ने समिति सभापति डिल्ली चौधरीले बताए।‘उहाँहरूले सात दिनभित्र समितिको पूर्ण बैठकमा प्रतिवेदन पेस गर्नुहुन्छ’, सभापति चौधरीले भने, ‘जे सक्नुहुन्छ, सबै छानबिन गर्न सक्छन्।’ कागजात समितिकै बैठकमा खोल्ने कि उपसमिति बनाएर विज्ञमार्फत भन्नेमा मतमतान्तर भएको थियो।केही सदस्यले पूर्ण बैठकमै कागजात खोल्नुपर्ने बताएका थिए।समितिका सभापतिसहित कतिपयले उपसमिति बनाएर विज्ञमार्फत कागजात अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।अन्तिममा उपसमिति बनाएर प्रारम्भिक अध्ययन अघि बढाउने र प्रतिवेदन बुझाएपछि थप छलफल गर्ने निर्णय भएको हो।समितिको अर्को बैठक माघ ४ गते बस्नेछ। प्रदेशसभाका ११ र तीन मन्त्रालयका तीन गाडी खरिदमा अनियमितता भएको आशंका समितिले गरेको छ।प्रदेशसभाले टाटा स्ट्रोम गाडीमा उपभोक्ता मूल्यभन्दा झन्डै ४ लाख र मन्त्रालयले साढे ४ लाख रकम बढी दिएका छन्।फेजआउट भइसकेको गाडीको मूल्य ६८ लाख ५५ हजार छ।मन्त्रालयले ७३ लाख र प्रदेशसभाले ७२ लाखमा गाडी खरिद गरेका हुन्।समितिले यी गाडी खरिदका कागजात शुक्रबार १२ बजेभित्र प्रदेशसभा सचिवालयमा ल्याउन निर्देशन दिएको थियो।कागजात आइसकेको सचिवालयले जनाएको छ। सभापतिद्वारा गाडी फिर्ता अनियमितता भएको कुरा चलेपछि समिति सभापति चौधरीले आफू चढ्ने लु १ झ ४४१ नम्बरको गाडी फिर्ता गरेका छन्।प्रदेशसभा सचिवालयले उपलब्ध गराएको गाडी उनले फर्काएका हुन्।‘छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म नैतिकताका आधारमा त्यही गाडी चढ्न नसुहाउने देखेर प्रदेशसभा सचिवालयलाई बुझाएको हुँ’, उनले भने, ‘छानबिनका लागि यसले धेरै सहजता ल्याउनेछ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE