Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मोबाइल आगोमा परेर ब्याट्री पड्किँदा एक बालकको मृत्यु, एक घाइते

विराटनगर । आगोमा परेको मोबाइलको ब्याट्री पड्किँदा विराटनगरमा एक बालकको घटनास्थलमै ज्यान गएको छ।अर्की एक बालिका गम्भीर घाइते भएकी छन्।विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा शुक्रबार दिउँसो स्थानीय जगन्नाथ मण्डलको निर्माणाधीन घरभित्र आगो आगो ताप्ने क्रममा मोबाइल परेको थियो।विष्फोटबाट मृत्यु हुनेमा सुवास मण्डलका ११ बर्से छोरा अमित रहेका मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।त्यस्तै घटनामा राजेश मण्डलकी छोरी राधिका गम्भीर घाइते भएकी छन्। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - विष्फोटबाट गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पु¥याएलगत्तै अमितको मृत्यु भएको हो।विष्फोटबाट उनको शरीरका विभिन्न अंग क्षतविक्षत भएको थियो।घाइते राधिकाको दुवै आँखा, अनुहार, हातखुट्टामा गहिरो चोट लागेको छ।कोसी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल पठाइएको थियो।अस्पतालले दिएको जानकारीअनुसार राधिकाको दायाँ आँखामा बढी चोट लागेको छ।साथै उनको शरीरको अन्य भागमा पनि गहिरो चोट लागेको छ।आँखाको प्रारम्भिक उपचारपछि बालिकालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।बाटोमा भेटिएको मोबाइलको ब्याट्री भिकेर बालबालिकाले आगोमा हालेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। ‘अन्य कुनै विष्फोटक पदार्थ भेटिएको छैन’, डीएसपी श्रेष्ठले भने भने, ‘आगोमा मोबाइलको ब्याट्री पड्कन्छ भन्ने केटाकेटीलाई थाहा नहुँदा विष्फोट भएको हो’, डीएसपी थापाले भने।आगो तापेर बालबालिका खेल्दै गरेको स्थानमा विष्फोटको ठूलो आवाज आएपछि स्थानीयबीच भागदौड मच्चिएको स्थानीय अनील मण्डलले बताए।‘एक्कासि बम पड्केजस्तो आवाज आयो’, अनीलले भने, ‘विष्फोटपछि घटनास्थल पुग्दा दुई बालबालिका छटपटाइरहेका देख्यौं।’ स्थानीयले तुरुन्त दुवै जनालाई तत्काल उपचारका लागि अस्पतालतिर लगे पनि अमितलाई भने बचाउन नसकिएको बताए। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर इन्द्रबहादुर रानाका अनुसार प्रहरी पुग्दा घटनास्थलमा रगत लतपतिएको थियो।घटनास्थलमा पग्लिएको अवस्थामा मोबाइलको ब्याट्रीजस्तो देखिने वस्तु, खरानी र जलेका बोराका टुक्रा फेला परेको उनले बताए।फेला पारिएका सबै वस्तु परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने जानकारी दिँदै उनले भने, ‘घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ।परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि अनुसन्धानलाई थप सहयोग पुग्छ।’ घटनास्थलमा विष्फोटबाट खाल्डो नबनेको र विष्फोटमा प्रयोग गरिने कुनै चिज पनि फेला नपरेको जानकारी दिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending