Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

राज्यसँग हैरान तेस्रोलिंगीहरू

काठमाडौं । राज्यका केही निकायले सरकारी कामका सिलसिलामा प्रमाणीकरण गर्न सिफारिस मागेको भन्दै तेस्रोलिंगी हैरान भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयले पनि तेस्रोलिंगी विद्यार्थीलाई अध्ययनबाट वञ्चित गरेको आरोप उनीहरूको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - सन् २०१३ मा समलिंगी पुरुषको प्रतियोगिता ‘मिस्टर गे ह्यान्डसम’ बनेका हेटौंडाका विश्वराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको कानुन संकायअन्तर्गत पाँचबर्से बीए एलएलबी पढ्न नपाएको बताए। उनले यस वर्ष एलएलबी अध्ययन गर्न अन्य कोटाबाट यौनिक तथा लैंगिक अल्पसंख्यकअन्तर्गत फाराम भरेका थिए। १० वर्षदेखि समलिंगी पुरुष अधिकारको वकालत गर्दै आएका उनलाई कलेजले तेस्रोलिंगी (एलजीबीटीआई) भएको सिफारिस ल्याउन सुझाएको उनले बताए। उनले भने, ‘म आफैं उपस्थित भएर समलिंगी पुरुष हुँ भनें तर सिफारिस नै चाहिन्छ भने।’ यस्ता अनावश्यक झमेलाबाट हैरान भएको उनको भनाइ छ। कानुनअनुसार अन्य समुदाय भन्नाले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई जनाउने उनले बताए। संविधानको धारा १२ मा लैंगिक हिसाबमा कसैलाई विभेद गर्न नपाइने र धारा ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राज्यका सबै नीति निर्माण तहमा समावेश गर्नुपर्ने उल्लेख छ। धारा १२ ले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अन्य उल्लेख गरेर पहिचानसहित नागरिकता दिने व्यवस्था गरेको छ। एन्जल लामाले पनि उस्तै समस्या भोग्दै आएकी छन्। तेस्रोलिंगी सुन्दरी प्रतियोगिता ‘मिस पिंक २०१८’ की विजेता उनले नागरिकता बनाउन जाँदा आफ्नै वडाका अध्यक्षले लिंग परिवर्तन गरेको डाक्टरको प्रमाण मागेको बताइन्। उनले अझै नागरिकता पाएकी छैनन्। ललितपुरकी रुक्साना कपाली त्रिचन्द्र कलेजमा भर्ना भए पनि विश्वविद्यालयले दिने रजिस्टे«सन नम्बर अहिलेसम्म पाएकी छैनन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending