Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

५२ हजार कर्मचारीले भरे समायोजनको फारम

काठमाडौं । कर्मचारी समायोजनका लागि ५२ हजार कर्मचारीले फारम भरेका छन् । कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख सहसचिव केदार पनेरुले ५२ हजार ३ सय ९० कर्मचारीले समायोजन फारम भरेको जानकारी जानकारी दिएका छन् । उनकाअनुसार निजामतीतर्फ ५१ हहजार २८४ र स्थानीय तहलगायत अन्य सेवाका एक हजार १०७ जनाले फारम भरेका छन् । अनलाइन फाराम २४ घण्टा नै खुला गरिएको छ । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - संघमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा दुई लाख ४८ हजार ६६० ले समायोजन फारम भरेका छन् । कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा बढी रोज्न पाउने व्यवस्था रहेको छ । ७० हजार ६८३ कर्मचारीले आफ्नो विवरण भेरीफाइ गरिसकेका छन् । निजामतीतर्फ ६९ हजार २१२ जना तथा अन्य सेवातर्फका एक हजार ४७१ जनाले आफ्नो विवरण भेरीफाइ गरेका छन् । हाल निजामतीतर्फ ९० हजार ,स्थानीय तहमा १७ हजार तथा अन्य सेवामा २ हजार कर्मचारी कार्यरत छन् । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना गरी एक लाख ३० हजार एक ७८ कर्मचारी समायोजन गर्दैछ । कार्यरत कर्मचारीको समायोजन गरेपछि बाँकी रहेको दरबन्दीको लागि लोकसेवा मार्फत विज्ञापन गरेर पदपुर्ती गर्ने तयार सरकारले गरिरहेको छ। सरकारले गत पुस ११ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने अनलाइन आवेदनको सूचना जारी गरेको थियो । सुरुवातमा सुस्त रहेको फारम भर्ने कार्य म्याद नसकिन लाग्दा तीब्र भएको छ । अब फारम भर्ने म्याद दुई दिन मात्र बाँकी छ । कर्मचारीको विरोधका बाबजुत पनि फारम भर्ने काम भने प्रभावित भएको छैन। कर्मचारीको विवरण अध्यावधिक गर्न निजामती किताबखाना समेत हप्ताको सातै दिन खुला गरिएको छ । किताबखानाका महानिर्देशक जयनारायण आचार्यले समायोजनका लागि शनिबार पनि कर्मचारीको विवरण अध्यावधिक गर्ने काम भइरहेको बता । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तत्काल नै कर्मचारीको समायोजन गरिने जानकारी दिए

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE