Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

माओवादी नेता शंखर लामा विरुद्ध जनयुद्धकालिन मुद्दा : अब के गर्ला नेकपाले ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शंखर लामा बिरुद्ध दोलखा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । नेकपाका प्रदेश कमिटी सदस्य लामा बिरुद्ध द्धन्द्धकालमा दोलखाको फस्कुका भरत भनिने चक्रवहादुर बुढाथाकीको हत्या गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । ०५५ साल माघ १ गते राति साविक फस्कु गाविस वडा नम्बर ३ निवासी बुढाथोकीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा नेकपाका नेता सँकर लामालाई मात्रै अभियोग लगाउँदै मुद्धा दर्ता भएको हो । घटना घटेको २० बर्ष पुग्नु भन्दा एक दिन अघि हिजो दोलखा जिल्ला अदालतमा लामा बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता भएको हो । भरत बुढाथोकीको हत्या पछि २०५५ साल माघ २ गते उनका भाई एंव तत्कालिन नेकपा एमालेका नेता गुणवहादुर बुढाथोकी र मृतक भरतकी श्रीमती लिला बुढाथोकीले नेता शंखर लामा बिरुद्ध किटानी जाहेरी दिएका थिए । हत्या हुँदा अपरिचित तिन सहित चार जना भएको जाहेरीमा उल्लेख भएपनि किटानी भने शंखर लामालाई मात्रै गरिएको थियो । जन्मकैद सजायको माग जनयुद्धको क्रममा भरतको हत्या भएपनि शान्ति प्रक्रियाको १२ बर्षपछि पुनः सो मुद्धा व्यूँतिएको हो । २० बर्षसम्म दोलखा प्रहरीमा थन्किएर बसेको कर्तव्य ज्यान मुद्धालाई प्रहरीले अनुषन्धान पुरा गरी चार दिन अघि मात्रै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यस लगत्तै जिल्ला सहायक न्यायधिवक्ता राजन हमालले नेकपाका नेता शंखर लामा बिरुद्ध मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नम्बर बमोजिमको कसुरमा महल १३ को १ नम्बर बमोजिम जन्मकैद सँजायको माग दावी सहित अभियोग पत्र अदालतमा दर्ता गराएका हुन् । नेता लामा तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी दोलखाका ५ जना संस्थापक मध्ये एक हुन् । जनयुद्ध सुरु हुनु अगावै लामा सहित ५ नेता सडक विभागको जिलेटिन कव्जा गरेर भूमिगत भएका थिए । नेता लामा २०७० सालमा तत्कालिन एकिकृत नेकपा माओवादीवाट दोलखा क्षेत्र नम्बर २ मा सभासदको उम्मेदवार पनि हुन् । म्याद सकिन एक दिनअघि मुद्धा दर्ता २०५५ साल माघ १ गते बेलुकी अर्थात आजकै दिन बुढाथोकीको हत्या भएको थियो । माओवादी द्धन्द्धको क्रममा घटेका घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत निरुपण गर्ने भनिए पनि एक पछि अर्को द्धन्द्धका घटना ब्यूँत्याएर तत्कालिन माओवादी नेताहरु बिरुद्ध अदालतमा मुद्धा दर्ता हुँदै आएका छन् । फस्कु घटना घटेको २० बर्ष पुग्न एक दिनमात्र बाँकी रहँदा नेकपाका नेता शंखर लामा बिरुद्ध अदालतमा मुद्धा दर्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजसम्म मुद्धा दर्ता नभएको भए उनी बिरुद्ध अदालतमा मुद्धा चल्न सक्ने थिएन । मुलुकी ऐन ज्यान सम्वन्धी महलको २० नम्बरमा कर्तव्य गरी ज्यान मारेको मुद्धामा कसुरदार आफैं सावित भै पोलेकोमा बाहेक कर्तव्यको उजुर परेकोमा तहकिकातबाट कर्तव्यवाला यहि हो भन्ने पत्ता नलागेकोमा २० बर्षपछि मुद्धा चल्न नसक्ने उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending