के तपाईलाई टाउको दुखिरहने समस्या छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय
माघ १४ गते, २०७५ सोमवार 28th January, 2019 Mon१३:१६:१४ मा प्रकाशित
काठमाडौं । आजको व्यस्त र तनवपुर्ण जिन्दगीमा टाउको दुखाई एक साधारण समस्या जस्तै बनेको छ । तर लगातार टाउको दुख्ने समस्याले भने तपाईको कार्यक्षमता र तपाईको पुरै दैनिकीलाई प्रभावित पार्ने गर्दछ । दैनिक र लगातार टाउको दुखाईको समस्याबाट छुटकारा पाउन औषधी नै सेवन गर्नु भन्दा घरेलु र प्रकृतिक उपचार पद्धती उत्तम मानिन्छ । यसले विना साइड इफेक्ट टाउको दुखाईबाट मुक्ति पाउन सकिन्छ ।
यस्ता छन् टाउको दुखाईबाट छुटकारा पाउने घरेलु उपचार
पुदिनाः
माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।
नुनको पेष्टः
टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।
दालचिनी पाउडर पेष्टः
टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।
कागती र तातो पानीः
लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।
लसुनको रस पिउनुहोस:
लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।
धनियाँ, जीरा र अदुवाको रस पिउनुहोसः
धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।
तात्तातो मसाला चियाः
लगातार टाउको दुखिरहन्छ भने यसलाई तात्तातो मसाला चियाले राहत प्रदान गर्दछ । यदि तपाईं मसाला चिया बनाइरहनुभएको छ भने त्यसमा थोरै अदुवाका साथै अलैंची पनि हाल्नसक्नुहुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: