Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

दमौली । व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् । व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रानाभाटले उपाधि जितेका हुन्। डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय र ३ घण्टा १४ मिनेटमा उक्त दूरी पार गर्दै पाँचथरका भूमिराज राई तृतीय भएका छन् । रुकुमका दुर्गाराज बुढा, रामेछापका किरणसिं बोगटी मगर, व्यास–६ का सुरेन्द्र चापागाईँ, व्यास–६ कै विशाल गुरुङ र सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना स्थान प्राप्त गरेका छन् । यसपालि द्वितीय हुनुभएका साउदले गत वर्ष सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा ३ घण्टा १३ मिनेटमा उक्त दूरी पार गर्दै उपाधि जितेका थिए। म्याराथनमा प्रथम हुनेले रु ८० हजार, द्वितीय हुनेले रु ६० हजार, तृतीय हुनेले रु ५० हजार र सान्त्वना हुने पाँच जनाले रु १५्र हजारका दरले पुरस्कार प्राप्त गरेका छन् । विजेताहरुलाई म्याराथन धावक बैकुण्ठ मानन्धर र नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा १९ जिल्लाका १०४ जना धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy