Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

 पुख्र्यौली घरले दर्शकलाई लोभ्यायो

परासी । आधुनिक र सुविधासम्पन्न घर निर्माण हुन थालेपछि पछिल्लो समय नेपालीका परम्परा झल्किने पुख्र्यौली घरहरू लोप हुने अवस्थामा छन् । सानैमा शहर तथा मधेश झरेका वा त्यतै जन्मेका युवायुवती आफ्नो पुख्र्यौली घरको बनावटप्रति प्रायः अनभिज्ञ जस्तै छन् । शहरका ठूलाठूला भवनमा हुर्केका उनीहरूलाई आफ्नो पुर्खाले बिताएको घर देख्दा अनौठो लाग्छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका– १३ बडेरामा बिहीबारदेखि जारी प्रथम औद्योगिक व्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवमा भने यिनै पुख्र्यौली घर दर्शकको आकर्षण बनेका छन् । महोत्सवमा बनाइएका विभिन्न जनजातिका परम्परागत घरले दर्शकलाई लोभ्याउने गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी र उद्योग वाणिज्य सङ्घ सुनवलको संयुक्त आयोजनामा सञ्चालित उक्त महोत्सवमा नेवार, थारू, मगर, कुमाललगायत आदिवासी जनजातिहरूको परम्परागत घरहरू प्रदर्शनमा राखिएको छ । महोत्सव अवलोकनका लागि पुग्ने विशेषगरी युवाहरू ती घरहरूतर्फ आकर्षित हुने गरेका छन् । युवाहरू थरीथरी बनावटका घरको अवलोकन गर्न र ‘सेल्फी’ खिचाउन व्यस्त देखिन्छन् । बाउबाजेको पालाका यस्ता घर अहिलेका पुस्तालाई नौलो लाग्ने गरेको अवलोकनका लागि पुगेकी भुमहीकी तारा शर्मा बताउछिन् । \'हामीले तस्वीरमा देख्ने र सुन्ने गरेका परम्परागत घरहरू प्रत्यक्ष देख्न पाउँदा रमाइलो लागेको छ\', उनले भनिन् । सुनवलकै दीपा श्रेष्ठ पनि महोत्सवमा बनाइएको आफ्नो समुदायको परम्परागत घर हेरेर दङ्ग परिन् । \'सानैदेखि आधुनिक घरमा हुर्कियौँ, पहाडतिर नगएकाले हाम्रो समुदायको यस्तो घर हुन्छ भन्ने सुनेकी मात्र थिएँ\', उनले भनिन् । नेपालीको मौलिकपन झल्कने परम्परागत घर, जातीय वेशभूषा, खानाका परिकारलाई महोत्सवमा उच्च प्राथमिकता दिइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष भरत क्षेत्री बताए । उनले भने, \'विशेषगरी नेपालीका लोक संस्कृतिसँग जोडिएका मौलिकपन झल्कने घर, खानाका परिकार, लोकसंस्कृति, मौलिक वेशभूषाको संरक्षणका लागि हामीले महोत्सव सञ्चालन गरेका हौँ ।\' महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार पनि आकर्षणको केन्द्र बनेको छ । दर्शकहरूले विभिन्न जातजातिका मौलिक खानाका परिकारको समेत स्वाद लिन पाएका छन् । दैनिक विभिन्न जातजातिका सांस्कृतिक नृत्यले पनि मौलिकपनको झल्को दिलाएको झाँकी तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले बताए । परम्परागत लिङ्गेपिङसमेत महोत्सवको अर्को आकर्षण बनेको छ । महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रममा जनजातिले आफ्नै वेशभूषा र पहिरनमा सजिएर गायन र नृृत्य प्रस्तुत गर्ने गरेको उल्लेख गर्दै महोत्सवका प्रवक्ता रमेश पराजुली भन्छन्, \'अन्य ठाउँमा लाग्ने मेलामा कलाकारबाटै उच्छृङ्खलता र अश्लिलता प्रदर्शन हुने गरेको गुनासो आइरहेका बेला हामीले यो महोत्सवमा कलाकारलाई अनिवार्य राष्ट्रिय पोशाक र आफ्नै जातीय वेशभूषामा उतारेका छौँ, तसर्थ यो व्यावसायिक महोत्सव नभई नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण र नयाँपुस्तामा हस्तान्तरणमा सहयोग पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो ।\' महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy