माघ २१ गते, २०७५ सोमवार 4th February, 2019 Mon१४:१०:१३ मा प्रकाशित
अमरगढी। डडेल्धुराका सदरमुकाम तथा ग्रामीण क्षेत्रका अधिकांश स्थानमा जातीय विभेदका थुप्रै घटना घट्ने गरेका छन् । तर तीमध्ये धेरै कम घटनाको उजुरी प्रहरीसमक्ष आउने गरेका छन् ।
सरकारले विसं २०६३ जेठ २१ गते नेपाललाई छूवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । छूवाछुत मुक्त राष्ट्र घोषणा भएको १२ वर्ष बितिसक्दा पनि डडेल्धुरामा जातीय विभेदका घटनामा उल्लेखनीय कमी आउन सकेको छैन ।
जातीय विभेद अन्त्यका लागि सरकारले जातीय भेद्भाव कसूर र सजाय ऐन २०६८ समेत लागू गरिसकेको छ । तर ऐन लागू भएको सात वर्ष वितिसक्दा पनि डडेल्धुरामा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
जिल्लामा जातीय छुवाछुत तथा विभेद घटनामा खासै कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको भनाइ छ ।
‘विगत दुई वर्षको तथ्याङ्कलाई हेर्दा जातीय विभेदका उजुरी अत्यन्त न्यून देखिएको छ’, उनले भने, ‘सो अवधिमा जातीय विभेद सम्बन्धी जिल्लामा नौ उजुरी र एउटा मुद्दा दर्ता भएको छ ।’
जातीय विभेद सम्बन्धमा आर्थिक वर्ष २०६५÷६६ मा एक, आव २०७०÷७१ मा तीन, २०७१÷७२ मा चार र २०७२÷७३ मा दुई उजूरी परेका छन् भने आव २०७४÷७५ सम्म कुनै पनि जातीय विभेदका उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दा फाँटका प्रमुख तथा प्रहरी नायब निरीक्षक करबीर ऐरले जानकारी दिए ।
उजूरी आउँछन् तर मिलापत्र गरेर जान्छन् । जातीय विभेद छुवाछुतसम्बन्धी पछिल्लो समय केही उजूरी परेपनि मिलापत्र गरेर जाने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार २०६५ यता जातीय भेदभावअन्तर्गत १० उजुरी दर्ता भएपनि नौ घटनामा मिलापत्र गरेर टुङ्गोमा पु¥याएको र जातीय छूवाछुतसम्बन्धी एउटा घटना सम्बन्धमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराका प्रमुखसमेत रहनुभएका दिगम्बर मिश्रले सञ्चालन गरेको पसलमा चिया खाएपछि अमरगढी नगरपालिका–५ का महावीर सार्कीलाई गिलास माझँ भनेपछि उनले गिलास माझ्न नमानेको र चिया खाएको पैसा तिरेर जानथालेपछि दुबैबीच वादविवाद भएको थियो । विवाद बढेपछि २०६५ चैत २० गते जिल्ला अदालत डडेल्धुरामा जातीय छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
कुनै खाले जातीय विभेद तथा छुवाछुत नगरेको भन्दै अदालतले २०६६ सालमा मिश्रलाई निर्दोष ठहर गरेको थियो । अदालतको फैसलामा चित नबुझेको र आफूमाथि अन्याय भएको भन्दै सार्कीले पुरानावेदन अदालत महेन्द्रनगरमा मुद्दा दर्ता गराएको छ । तर पुनरावेदन अदालतले पनि मुद्दाको कुनै फैसला नगरी पेण्डिङमा राखेको अभियानकर्ता तथा नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भरत नेपालीले बताए ।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: