Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

सरकारको प्राथमिकता र शान्ति सुरक्षाको सवाल

यो देश कुनै पनि वर्ग, लिङगको मात्रै वा धर्मविशेषको मात्रै होइन, सबैको हो । यो देशमा राज्य शासन गर्ने अधिकार सबै समुदाय, सबै मजदुर किसान र समुदायको हुनुपर्छ भन्ने हेतुका साथ हाम्रा अग्रजहरुले संघर्ष गरेका थिए । हामीले त्यसलाई निरन्तरता दिन जनयुद्ध लड्यौ । जनयुद्धको सिलसिलामा म महाभारतमा आइपुगेको थिए । हामीले त्यतिबेला समृद्धिको चाहनालाई पनि अगाडि सारेका थियौँ । हामीले गरेको युद्धले सीमित मान्छे समृद्ध बने तर बहुसंख्यक मान्छे गरिब भए । त्यसैले जनताको चाहना भनेको समृद्धिको चाहना हो । त्यसका निम्ति हाम्रो अग्रजहरुले संघर्ष गरे । जनताको समृद्धिको चाहनालाई पूरा गर्न म यो ठाउँमा जनयुद्धको क्रममा आएको थिए । जनताको अर्को चाहना भनेको उनीहरुको पहिचान, भाषा, धर्म सँस्कृतिको सम्मान र संरक्षण होस् भन्ने नै थियो । कुनै एउटा धर्म, सँस्कृतिको एकाधिकार हुनुहुँदैन । सबैको माया सम्मान हुनुपर्छ । एउटा धर्मले उच्च सम्मान पाउने, एउटा धर्मले उच्च अधिकार पाउने अरुले नपाउने हुनुहुँदैन । यो विभेद हो । साँस्कृतिक अधिकारको निम्ति जनताले आन्दोलन थालेको थियो । तामाङ जातिको अधिकारको सवालमा आज पूर्ववक्ता मित्रहरुले आज धेरै कुरा उठाउनुभएको छ । यो देश निर्माणमा यो समुदायको ठूलो हात छ । नेपाल निर्माणमा उत्पीडित जातिको ठूलो हात छ । तामाङ जातिले राजनीतिक अधिकार पाउनुपर्छ । यहाँ ३ नम्बर प्रदेशको राजधानीको विषय पनि उठ्यो । यी सबै कुरा हाम्रो पहिचान र राजनीतिक अधिकारको विषय हो । नेपालमा आज संघीय गणतन्त्रको स्थापना भएको छ । हामीले ३ तहमा संविधान निर्माण गरेका छौँ । हामीले उत्पीडित वर्ग, लिंगहरुको अधिकारलाई संविधानमा समावेश गरेका छौँ । त्यो पूर्ण छैन । तर ती उत्पीडित वर्गलाई मुलधारमा समावेशी ढंगमा ल्याउने मुलभुत कुरालाई संविधानमा हामी उल्लेख गरेका छौँ । राजनीतिक अधिकारका निम्ति जुन संघर्ष हामीले गरेका थियौँ, स्वायत्तता, पहिचान र अधिकारका निम्ति भएको संघर्ष पूरा भएको छ । ती कुराहरु अझै कार्यान्वयन भएको छैन । अब कार्यान्वयनको चरणमा जानुपर्छ । उत्पीडित समुदायको ठूलो हिस्सा नेतृत्वको तहमा पुग्न अहिले सफल भएको छ । मुलुकको ७५३ स्थानीय तहका नेतृत्वमा अहिले कयौँ उत्पीडित समुदायको व्यक्तिहरु छन् । राजनीतिक अधिकारको हाम्रो आवाज निष्कर्षतिर आइपुगेको छ । हाम्रो आकांक्षा भनेको विकासको छ । अहिलेको सरकारको मुख्य नारा नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ छ । त्यसैले हाम्रो मुख्य सपना भनेको सबै नपालीलाई समृद्ध र सुखी बनाउने हो । त्यो समृद्धि र सुख विकासबाट मात्रै सम्भव छ । छिटोभन्दा हामीले यो देशको विकास गर्न सक्यौँ, उद्योगधन्दा खोल्ने, बाटोघाटो बनाउने, शिक्षालय खोल्ने, विजुली पु¥याउने, सबै ठाउँमा अस्पतालहरुमा पु¥याउनु नै हाम्रो लक्ष्य हो । नेपाललाई समृद्ध मुलुक हामी बनाउन चाहन्छौँ । सरकारले त्यसलाई अगाडि बढाएको छ । सुरक्षाको हिसाबले यहाँ एउटा इलाका प्रहरी कार्यालय आवश्यकता भएको मैले जानकारी पाएको छु । इलाका प्रशासन कार्यालय स्थापना भएको रहेछ । मैले निरीक्षण पनि गरे । त्यहाँ दरबन्दी बढाएर अझ राम्रो बनाउन जरुरी छ । अहिले मुलुकमा द्वन्द्व फैलाउने तत्वहरु सक्रिय छन् । तिनीहरुलाइ निस्तेज पार्न उनीहरुलाई मध्यनजर पारेर यहाँ सुरक्षा व्यवस्था गर्न जरुरी छ । हामीले राजनीतिक अधिकारको निम्ति लड्नुपर्ने अवस्था छैन । गणतन्त्रको स्थापना भइसकेको छ । अधिकार प्राप्त सरकारको स्थापना भइसकेको छ । त्यसैले अब राजनीतिक अधिकारको लागि लडाई लड्न जरुरी छैन । अब हामी विकासको यात्रामा लाग्न जरुरी छ । विदेशी शक्तिहरु यो देशमा अस्थिरता मच्चाएर लुट्न चाहन्छन् । हिजोका दिनमा विदेशी शक्तिहरु नेपालमा अराजक मच्चाएर लुटेर बसिरहेका थिए । अहिले यो दुईतिहाई सरकारबाट प्रतिगामी तत्व आक्रोशित छन् । उनीहरु यो सरकार, यो व्यवस्थाप्रति आक्रोशित छन् । उनीहरु यो व्यवस्थालाई उल्टाएर पुरानै व्यवस्था लागू गर्न चाहन्छन् । त्यसैले अब सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनुपर्ने बेला आएको छ । केन्द्रीय सरकारले सुरक्षा व्यवस्था सुदृढ पार्न उचित पहलकदमी लिइरहेको छ । ती सुरक्षा अवस्थालाई मध्यनजर गर्दै महाभारत गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । सबै इलाकामा प्रहरी कार्यालय स्थापना गर्ने हाम्रो योजना पनि छ, त्यसमा प्राथमिकताका साथ महाभारतमा इलाका प्रहरी कार्यालय स्थापना गर्न चाहन्छु । त्यसैगरी साथीहरुले ल्होछारमा सार्वजनिक बिदाको माग गर्नुभएको छ । म ल्होछारमा सार्वजनिक बिदाको निम्ति उचित पहलकदमी रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यो क्षेत्रको विकासका निम्ति पनि म पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । धुलिखेलसम्म जोड्ने सडक खण्डको लागि केन्द्रीय योजनामा पार्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । सरकारले देशको विकास, समृद्धि र सुशासनको निम्ति आफ्नो प्रयासहरु अगाडि बढाइरहेको छ । आगामी वर्षमा विकासको दरमा झण्डै ८ प्रतिशत ल्याउने हाम्रो लक्ष्य छ । त्यसलाई पूरा गर्नका लागि सरकार लागिपरेको यहाँहरुमा प्रतिबद्धता व्यक्त गर्दछु । नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिकाले आयोजना गरेको सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले राखेको मन्तव्यको सम्पादित अंश ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies