Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

राजश्वले छुट दिएपछि महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

बलेवा। सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति घरजग्गा दर्ता हुने क्रम बढेको छ । बागलुङमा महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्नेको सङ्ख्या ३५ देखि ४० प्रतिशतले वृद्धि भएको छ । मालपोत कार्यालय बागलुङका अनुसार जिल्लाका अधिकांश क्षेत्रका जग्गा खरीद बिक्रीमा पास गर्न आउनेले महिला र जेष्ठ नागरिकको नाममा पास गर्ने गरेको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताए। उनीहरुको नाममा घरजग्गा रजिस्ट्रेशन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । बागलुङमा जिल्लामा महिलाका नाममा रजिस्ट्रेशन पास गर्नेको सङ्ख्यामा झण्डै ३५ देखि ४० प्रतिशतले वृद्धि हुँदै गएको मालपोत कार्यालय बागलुङले जनाएको छ । राजश्व छुट पाउने भएपछि वार्षिक न्यूनतम् ३० देखि ४० प्रतिशतसम्म महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि हुँदै गएको कार्यालय प्रमुख शर्माको भनाइ छ । उनका अनुसार चालू आवको छ महीनामा ७३७ मध्ये जिल्लाका २२६ जना महिलाका नाममा घरजग्गा दर्ता भएको छ । यो सङ्ख्या शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा धेरै छ । राजश्व छुटले ग्रामीण क्षेत्रका महिलामा घरजग्गाको स्वामित्व बढाएको छ । महिलाको नाममा घरजग्गा दर्ता हुँदा ११ लाख ८४ हजार १५८ हजार रुपैयाँ राजश्वमा छुट भएको छ । चालु आर्थिक वर्षको छ महीनामा २४६ महिला, ३४ जना दलित र १ जना ज्येष्ठ नागरिकका नाममा समेत स्वामित्व रहने गरी घरजग्गा दर्ता, अंशबण्डा, सट्टापट्टा, दर्ताफारी भएको छ । २८१ जनालाई छुट दिँदा रु १३ लाख ३८ हजार ३१८ राजश्व छुट भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । गत आर्थिक वर्ष २०७४÷७५ मा कूल दुई हजार ८०३ वटा मालपोत पासमध्ये ७१२ महिला, ९५ दलित र ज्येष्ठ नागरिक ९७० वर्ष माथि० सात जनाको नाममा रजिस्ट्रेशन पास भएको थियो । महिला, दलित ज्येष्ठ नागरिक गरी ८१४ लाई ३८ लाख ९३ हजार १७९ राजश्व छुट भएको थियो । ७० वर्ष माथिका वृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिला सरह राजश्वमा छुट दिने व्यवस्था छ भने सीमान्तकृत समुदायको नाममा रजिस्ट्रेशन पास गर्दा समेत २५ प्रतिशतसम्म छुट दिने सरकारी व्यवस्था छ । पोषण प्रवद्र्धन कार्यक्रम बागलुङ नगरपालिकाले गर्भवतीको पोषण प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिका–५ मा रहेका गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरेर पोषण प्रबद्र्धन कार्यक्रम थालिएको हो । महिला गर्भावस्थामा रहँदा अत्यधिक मात्रामा पोषणको आवश्यकता हुने भएकाले बागलुङ नगरपालिकाले पोषण प्रवद्र्धक अण्डा तथा क्याल्सियम वितरण गरिएको वडाअध्यक्ष शिव सापकोेटाले बताए । गर्भावस्थामा महिला तथा शिशुको शारीरिक वृद्धि विकास र प्रतिरक्षाका लागि आवश्यक पोषण अण्डा तथा क्याल्सियमबाट प्राप्त गर्न सकिने भएकाले यसको उपभोग गर्न प्रेरित गर्ने उद्देश्यले वितरण गरिएको सापकोटाले बताए । सुनौलो हजार दिनको अवधिमा बच्चाको मष्तिष्कको ९० प्रतिशत विकास हुने भएकाले शक्ति तथा शारीरिक वृद्धि विकासमा मद्दत पु¥याउने स्थानीय मकै, कोदो, दूध, दही, माछामासु, गेडागुडी, फलफूल तथा सागपातको उपभोग गर्न वडा कार्यालयले गर्भवती र सुत्केरी महिलालाई आग्रह गरेको छ । पहिलो चरणमा स्थानीय २० जना गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy