Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ–राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छिन्। ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइन् । उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने भएकाले युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन नेपाली युवालाई उद्यमशीलतामार्फत आर्थिक विकासमा प्रत्यक्ष सहभागी गराई उनीहरुमा रहेका ज्ञान, क्षमता, दक्षता र विज्ञतालाई उपयोग गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पुयार्उनुपर्ने बताउँदै नवीन सोच भएका युवाका लागि लगानी र उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरिन् । मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरिन् । सम्मेलनले उद्यमीले भोग्नुपरेका समस्याको विश्लेषण गर्दै समाधानका उत्तम उपाय, चुनौती तथा अवसर पहिचान गरी सुझावसहित उचित निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विद्यमान ऐन कानूनलाई सङ्घीय संरचनाअनुकूल बनाउन आफ्नो तर्फबाट लिनुपर्ने अग्रसरता सम्मेलनले लिने विश्वास व्यक्त गरिन् । \'देशको समग्र विकासलाई दृष्टिगत गर्दा हामीसँग भएका स्रोतसाधनको दिगो र उचित विकास गरी निर्यात प्रवद्र्धन गर्नुपर्र्ने मुख्य जिम्मेवारी देखिएको छ, यी कार्य सम्भव गराउन युवाले नवीनतम सोच र नवीन प्रविधिको प्रयोगबाट विश्व बजारमा प्रतिष्पर्धा गर्ने क्षमता राख्नुपर्छ\', राष्ट्रपति भण्डारीले भनिन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा लामो समयसम्म अधिकारका लागि लडाइँ चलेको उल्लेख गर्दै अब आन्दोलनको मानसिकता त्यागी समृद्धिको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले लगानीका लागि उचित वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै समस्या रहेका क्षेत्रको पहिचान गरी त्यसको समाधान गर्न सरकार व्यवसायीसँग छलफलका लागि जुनसुकै समयमा पनि तयार रहेको बताइन् । उनले भिनन्, \'अबको अर्थतन्त्रको लक्ष्य भनेको आयातमुखी होइन, निर्यातमुखी हुनुपर्छ ।\' नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउदै पुराना कानून संशोधन गरी लगानीमैत्री बनाउन आग्रह गरे । उनले लगानीको उचित वातावरण तयार गर्न प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्दै अबको कानून लगानीमैत्री र लगानीका हिसाबले दक्षिण एशियाकै उत्कृष्ट बनाउन आग्रह गरे । सम्मेलनको दोस्रोसत्रमा आजै विभिन्न व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा सातै प्रदेशका उद्योगमन्त्री, मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy