फाल्गुन ३ गते, २०७५ शुक्रवार 15th February, 2019 Fri१२:०७:५० मा प्रकाशित
फिदिम ।पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ ।
सीमित क्षेत्रमा व्यावसायिकरूपमा खेती हुन थालेको यो उखु उत्पादनको माग पूरा गर्न कृषकलाई हम्मेहम्मे छ । धार्मिक अनुष्ठानमा समेत यो उखुको सक्खरको प्रयोग हुने गरेको छ ।
फिदिम नगरपालिका–४ तथा हिलिहाङ गाउँपालिका–७ तीनभङ्गालेका नौ परिवारले व्यावसायिक कालो ग्यामेरा उखुको खेती गर्दै आएका छन् । यहाँ यस वर्षबाट करीब ६० क्विन्टल सक्खर उत्पादन गर्न लागिएको छ ।
माग अत्यधिक रहेका कारण वर्षेनी उत्पादन वृद्धि गर्दै लगिएको अगुवा कृषक मदनकुमार पोखरेलको भनाइ छ । कालो ग्यामेरा उखु व्यावसायिक रूपमा सक्खर उत्पादनका लागि खेती भएको जिल्लामै यो पहिलो घटना हो । यहाँ अन्य प्रजातिका उखुबाट सक्खर बनाइए पनि कालो ग्यामेरा उखु खान र खुँदो बनाउन मात्रै पर्याप्त हुने गरेको थियो ।
अगुवा कृषक पोखरेलले दुई वर्षअघिबाट यहाँ कालो ग्यामेरा उखु खेतीलाई व्यावसायिक बनाएका थिए । परम्परागतरूपमा सीमित क्षेत्रमा खेती गर्दै आएका अन्य स्थानीयवासीले समेत उनकै सिको गर्दै व्यावसायिक रूपमा सक्खर उत्पादन गर्न थालेका छन् । हेवाखोलाको किनारामा पर्ने यो क्षेत्रमा निर्माणाधीन तल्लो हेवा जलविद्युत् आयोजनाका कारण धानखेतीका लागि सिँचाइको प्रबन्ध गर्न समस्या भएपछि कृषक वैकल्पिक खेतीको खोजीमा थिए । पोखरेलले अगुवाइ गरी उखु पेल्ने आधुनिक मेसिन भित्र्याएपछि आफूहरुले समेत उखुखेतीलाई व्यावसायिक बनाएको कृषक रामप्रसाद थापाको भनाइ छ ।
पोखरेलले १० वर्षका लागि वार्षिक रु ५५ हजार तिर्ने सर्तमा ३० रोपनी जमीन भाडामा लिएर खेती थालेका हुन् । यहाँ यस वर्ष रु १५ लाखको सक्खर उत्पादन हुने पोखरेलको अनुमान छ । पोखरेलले व्यावसायिक सक्खर उत्पादनका लागि मेसिन, औजार, भाँडाकुँडा, गोठ निर्माण लगायतमा रु पाँच लाख लगानी गरेका छन् भने खेती गर्न वर्षेनी रु तीन लाख खर्च हुन्छ । \'पहिलो वर्ष नै रु चार लाख २५ हजारको सक्खर बेँचे र उत्पादन बढाउनतिर लागेँ\', पोखरलले भने, \'यसपालि १५० किलो सक्खर बेचिसकेँ, ३५ क्विन्टल सक्खर उत्पादन हुने अनुमान गरेको छु ।\'
सक्खरलाई बजारको चिन्ता छैन । गत वर्ष प्रतिकिलो रु ५०० मा बिक्री गरेका पोखरेलले उत्पादन बढेको भन्दै यस वर्ष प्रतिकिलो रु ४०० मा सक्खर बिक्री गरिरहेका छन् । एक मुरी धान फल्ने खेतमा एक क्विन्टलभन्दा बढी सक्खर उत्पादन हुने हुँदा कृषक उत्साहित छन् । उखुको पात पोषिलो घाँस हुने भएकाले पशुपालनसमेत फस्टाउने कृषक दुर्गादेवी थापाको भनाइ छ । पोखरेलसँग काठमाण्डौँ बस्ने सुरेन्द्र सापकोटाले एक क्विन्टल सक्खर माग गरेका छन् । झापाको सुरुङ्गाबाट तीन क्विन्टलको माग आएको भन्दै पोखरेल खेताला लगाएर सक्खर पकाउनमा व्यस्त छन्। यहाँ आयोजना हुने धार्मिक अनुष्ठानमा १० किलोसम्म सक्खरको माग हुने गरेको उनको भनाइ छ ।
उखु क्रमशः फैलिने भएकाले उत्पादन बढ्दै जाने कृषकको अनुमान छ । उखुमा मलसमेत प्रयोग गर्नुपर्दैन । स्थानीय कृषकका अनुसार मल प्रयोग गरे उखु हौसिएर बढ्छ, लड्छ र गुलियो हुँदैन । यहाँका नौ परिवारमध्ये पोखरेलले सबैभन्दा बढी सक्खर उत्पादन गर्दै आएका छन् । कृषक आ–आफूले उखु पेल्ने, बेच्ने गर्दछन् । सक्खरले भाउ नपाउने कुनै समस्या छैन । सक्खर जति पुरानो भयो त्यति राम्रो हुन्छ भन्ने परम्परागत मान्यता छ । उखुखेतीका लागि वर्षमा दुई पटक सिँचाइ गरे पुग्ने स्थानीयवासीको भनाइ छ ।
अगुवा कृषक पोखरेल परिवारका तीन जनाले पूरै खेती धान्दै आएका छन् । उखु पेल्ने, खुँदो पकाउने कार्यमा खेताला लगाउने गरिन्छ । \'यो उखु मासिएला भन्ने समस्या छैन । समस्या आए नयाँ खाल्डा खनेर रोपे पुगिहाल्छ\', उखुको दीर्घकालीन खेतीबारे पोखरेलले भने, \'खरानी, कोइला लगाए रोगसमेत नलाग्ने रहेछ ।\' कृषकहरु जनप्रतिनिधि तथा सरकारी निकायले आफ्नो पौरख हेरिदिउन् भन्ने अपेक्षामा छन् । \'हामीले गरेको काम हेरिदिनुस् भनेर अनुरोध गरे पनि जनप्रतिनिधिले पूरै बेवास्ता गर्छन्”, धार्मिक क्षेत्रका अगुवासमेत रहेका पोखरेलले भने, \'कृषकमा भएको उत्साहमा सरकारले जोडबल पुर्याइदेओस् ।\'
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: