फाल्गुन ३ गते, २०७५ शुक्रवार 15th February, 2019 Fri१७:०६:१४ मा प्रकाशित
भोजपुर । भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् ।
सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३८० भए पनि जिल्लामा रु एक हजार ८०० सम्म तिर्नुपर्ने बाध्यता छ ।
उपभोक्ताको गुनासो बढ्न थालेपछि उद्योग वाणिज्य सङ्घले व्यापारीलाई राखेर मूल्य समायोजनको पहल गरे पनि कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयले ताकेता गरेकामा भने व्यापारीले ग्यासको मूल्य रु ५० घटाउन सहमत भएको उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रधानले बताए ।
भोजपुरमा तराईबाट सामान ल्याउँदा प्रतिकेजी रु पाँच लाग्ने व्यापारीहरू बताउँछन् । भरिएको ग्यास सिलिण्डरको तौल ४५ किलोग्राम हिसाबले ढुवानी ज्याला जोड्दा पनि जिल्लामा प्रतिसिलिण्डर रू एक हजार ६०५ मा उपलब्ध गराउनुपर्ने उपभोक्ताको भनाइ छ ।
जिल्लामा प्रिमा, सुविधा, काश्यप, रिजालको, कोशी, कन्काई ब्राण्डको ग्यास बिक्री हुन्छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्यालले ग्यासको भाउ वैज्ञानिक बनाउन पटकपटक पहल गरे पनि व्यापारीले अटेर गरेको बताए । चामल, नून, तेललगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउ पनि पसलैपिच्छे फरकफरक रहेको सर्वसारणको भनाइ छ ।
लक्ष्यभन्दा बढी मुद्दा फैसला
भोजपुर जिल्ला अदालत लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ । वर्षभिरमा ७५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य भए पनि चालू आर्थिक वर्षको सात महीनामा नै ७२ दशमलव ६८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको अदालतले आज पत्रकार सम्मलेनमार्फत जानकारी गराएको छ ।
अदालतमा दर्ताभएका २२७ मुद्दामध्ये १६५ मुद्दा फछ्र्योट गरिएको न्यायाधीश हरिश्चन्द्र इङ्नामले जानकारी दिए । अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका ५८ मुद्दासहित यो वर्ष २२७ मुद्दा दर्ता भएका थिए ।
आदलतले सो अवधिमा ५१ सम्बन्ध विच्छेदका र जबर्जस्ती करणीका २४ मुद्दा फैसला गरेको छ । अदालतमा सम्बन्ध विच्छेदका ७० र जबर्जस्ती करणीका २७ मुद्दा दर्ता भएका थिए ।
त्यस्तै मेलमिलापका लागि पठाइएको ४९ मुद्दामध्ये २४ वटामा मेलमिलाप गराइएको भने नौ प्रक्रियामा रहेको स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।
हतुवागढीमा मोबाइल एप्स
हतुवागढी गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकामार्फत सञ्चालन हुँदै आएका हरेक सेवासुविधा सर्वसाधारणलाई सजिलै जानकारी गराउनका लागि बुधबारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि दीपक श्रेष्ठले जानकारी दिए ।
उक्त एप्समा गाउँपालिकाका नौवटै वडा कार्यालयको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाको गतिविधि सजिलै हेर्न सकिने व्यवस्था भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
त्यस्तै गाउँपालिकाबाट पारित भएका सम्पूर्ण ऐन कानून, महत्वपूर्ण पर्यटकीयस्थल, आपत्कालीन नम्बर, पनि एप्समार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा आएसँगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामबारे जानकारी पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: