Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अज्ञात रोगबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या पाँच पुग्यो

लहान, पाँच दिनदेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस–६ स्थित दलित बस्तीमा फैलिएको अज्ञात रोगका कारण बुधबार साँझ थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पछिल्लो पटक हिजो मृत्यु हुनेमा चन्द्रअयोध्यापुर–६ निवासी ३० वर्षीय सुनिल सदा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जिल्ला अस्पतालले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिफारिस गरे पनि सदाले थप उपचार गराउन जान नमानेर घर गएको घरमै उनको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा दयाशङ्करलाल कर्णले जानकारी दिए । यसअघि अज्ञात रोगका कारण चन्द्रअयोध्यापुर गाविस–६ निवासी ३२ वर्षीय जिवसी सदा, ३५ वर्षीय तुलवा सदा, ६५ वर्षीय गर्वा सदा र लहान नगरपालिका–२ निवासी कौशिल्या सदाको मृत्यु भएको थियो । एक्कासि रिगङ्टा चल्ने र बान्ता आउने जस्ता लक्षण देखा परेको र केही दिनमै बिरामीको मृत्यु हुने गरेकाले स्थानीयवासी त्रसित बनेका छन् । अज्ञात रोगबाट प्रभावित सो बस्तीका २० जनाभन्दा बढी बिरामीको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको जनस्वास्थ्य प्रमुख डा कर्णले बताए । बिरामीको रगत परीक्षणका लागि राजधानी पठाएको र स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि मात्र रोगको पहिचान हुने भएको डा कर्णको भनाइ छ । बस्तीभरि नै रोगको प्रकोप फैलिएकाले प्रभावित स्थानमा चिकित्सक टोलीसमेत परिचालन गरिएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending