Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अज्ञात समुहद्धारा सात सय वर्ष पुराना शालिग्राम चोरी

पर्वत। पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् । मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिए । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् । अज्ञात समूहले मन्दिरको ढोका फुटाएर शालिग्रामसहित दानपेटिकासमेत लगेको उनले बताए । \'दानपेटिकामा भने खास पैसा थिएन\', बैरागीले भने, \'शालिग्राम भने लगभग सात सय वर्ष अगाडिका हुन् ।\' सबै शालिग्रामको तौल लगभग १०० किलो हुने भएकाले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुनसक्ने अनुमान उनको रहेको छ । पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजन मन्दिरमा जाने क्रममा ढोका फोरेर शालिग्राम चोरी भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताए । शालिग्राम एउटाको यति नै मूल्य पर्छ भन्ने यकिन छैन । तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीले एउटा शिलालाई रु १० हजारसम्म बिक्री गर्ने गरेको पाइन्छ । अर्थाभावले मिर्गौलापीडितको उपचारमा समस्या दुवै मिर्गौला फेल भएका यहाँको एक विकट गाउँका युवाको अर्थाभावले उपचारमा समस्या परेको छ । पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरी सराङ्दी निवासी ४५ वर्षीय चेतनाथ भुसालको अर्थाभावका कारण उपचारमा समस्या भएको हो । विगत एक वर्षअघिदेखि दुवै मिर्गौला फेल भए पनि रकम अभावमा उनको उपचारमा समस्या भएको छ । मिर्गौला रोगबाट पीडित भुसालको उपचार खर्च जुटाउन परिवारले सबैसँग आग्रह गरेको छ । श्रीमती गीता भुसालले आफ्नो श्रीमानकाे उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । विगत लामो समयदेखि भारतमा कपडा बनाउने कम्पनीमा काम गर्दै आएका भुसालको गत वर्ष एक्कासि मिर्गौलामा समस्या आएपछि उपचार गराउँदै आएका छन् । उनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले नियमित डाइलासिस गरिरहेको श्रीमती भुसालले जानकारी दिए । मिर्गौला प्रत्यारोपण गर्न र थप उपचारका लागि रु २० लाख खर्च लाग्ने अस्पतालले जनाएपछि परिवार अत्तालिएको छ । कमाएको सबै पैसा उपचारमा सकिएपछि अहिले भुसालकी श्रीमती श्रीमानको उपचारका लागि आर्थिक सहयोग जुटाउन विभिन्न सङ्घसंस्था र सहयोगी हातहरुको खोजीमा हिडेकी छिन् । \'श्रीमानको उपचारका लागि घरमा पालेका भैँसी, बाख्रा सबै बेचियो, घर भूकम्पले थिलोथिलो भएको छ, खेतबारी पनि विकट ठाउँमा छ, बाँदर, दुम्सी लाग्छ बिक्री हुँदैन\', मन भारी पार्दै उनले दुखेसो पोखिन्। भुसालका १३ वर्षका एक छोरा छन् । अन्य आर्थिक स्रोत केही नभएपछि सहयोगी हातहरु खोज्नुबाहेक अरु विकल्प नभएको उनले बताए । पीडित भुसालको अहिले भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । भुसालको उपचारमा सहयोग गर्न उनकी श्रीमती गीताको मोबाइल नं ९८१७११५८४३ सम्पर्क गर्न र राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५४००००२४३१० मा पनि पैसा जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy