Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पहिरामा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

पाँचथर, ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३६ जना पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये ताप्लेजुङ लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिबाङका देवेन्द्र लिबाङ, खोक्लिङका सविन मादेन र वसन्त विकको मात्र सनाखत भएको छ । लिबाङ, थोक्लिङ, थिङ्लाबु र लिङ्केत गाविसका सबै वडामा एकै चोटि भीषण पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । ती गाविसबाट अझै केही स्थानीयवासी सम्पर्कमा नआइसकेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ । मृत्यु भएकामध्ये लिबाङ– १ बाट १२, लिवाङ– २ बाट आठ, लिवाङ– ३ बाट चार, लिङ्केतबाट तीन, थिङ्लाबुबाट पाँच , खोक्लिङबाट दुई र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ । पश्चिमी ताप्लेजुङका छ गाविसका खोला आसपास र डाँडामा रहेका दुई दर्जन बढी घर पहिराले बगाएको हो । पहिराले लिङ्तेप, खोक्लिङ, लिबाङ र थिङ्लाबु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् । वर्षा भइरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार अहिले मौसम खराबी र खोलामा भएका पुल बगाएपछि घटनास्थलसम्म प्रहरी उद्धारमा पुग्न सकेको छैन । उद्धारका लागि काठमाडौँबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेको छैन । स्थानीय प्रहरी र स्थानीयवासी अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending