Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

नेपाल महत्वपूर्ण साझेदार मुलुक : अमेरिका

काठमाडौं । अमेरिकाले नेपाललाई आफ्नो महत्वपूर्ण साझेदार मुलुक भनेको छ । दक्षिण तथा दक्षिण–पूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले यस क्षेत्रकै महत्वपूर्ण साझेदारका रूपमा नेपाललाई लिएको बताएका छन् । विश्व शान्तिका लागि नेपालले निर्वाह गरेको भूमिकाले झन् निकट रहेर सहकार्य गर्न उत्साहित गरेको उनको भनाइ छ । आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - ‘हामीलाई मित्र मुलुक नेपालको आवश्यकता छ । नेपाललाई पनि हामी आवश्यक छौं । कुन–कुन स्थानमा चाहिन्छ भन्ने स्पष्ट पारेर अघि बढ्नुपर्छ । हामी द्विपक्षीय ठूलो साझेदार हौं’, अमेरिकी राजदूत निवासमा उनले पत्रकारसामु भने, ‘सार्वभौम मुलुक निर्णयका लागि सधैं स्वतन्त्र रहन्छ । हाम्रो भ्रमण र सहकार्य पनि अघि बढेकै छ ।’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमणका बेला अमेरिकाले यो क्षेत्रमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएको थियो । भेनेजुएला प्रकरणमा सत्तारुढ नेकपाले अमेरिकी कदमको आलोचना गरेपछि अमेरिका असन्तुष्ट देखिएको थियो । त्यसपछि फेल्टर नेपाल भ्रमणमा आएका हुन् । यसअघि एसिया–प्यासिफिक कमान्ड प्रमुख नेपाल आएका थिए । राजदूत र्‍यान्डी बेरीलाई साथमा राखी फेल्टरले नेपाल–अमेरिका सम्बन्ध पुरानो र मजबुत मात्र होइन, विश्व शान्तिका लागि सैन्य साझेदारमा अग्रसरसमेत रहेको स्पष्ट पारे । अमेरिकाले ‘अन्य’को आँखाबाट नेपाल हेर्छ भन्ने धारणा पुरानो भइसकेको उनले बताए । ‘छिमेक पनि जोडिने कतिपय विषयमा निर्णय लिँदा छिमेक वा छिमेकमा रहेको दूतावासको धारणा बुझ्ने कूटनीतिक अभ्यास हो’, उनले भने, ‘हरेक मुलुकले विशेष इस्यूमा यस्तो गर्छन् । यसलाई अन्य आँखा भन्न मिल्दैन ।’ नेपाललाई अमेरिकाले आफ्नै आँखाबाट हेर्ने उनले प्रस्ट पारे । नेपाललाई अमेरिकाले भारतको आँखाबाट हेर्ने गरेको भन्ने धारणामा उनले जवाफ दिएका हुन् । ‘म सुरक्षा निकाय हेर्ने व्यक्ति भए पनि कतिपय विषय कूटनीतिसँग जोडिएर आउँछन्’, उनले भने । नेपालको विकासमा अमेरिकाले सात दशकदेखि साझेदारी गर्दै आएको उनले उल्लेख गरे । उनले यो क्षेत्रमा सुरक्षा सहकार्यका हिसाबले पनि नेपाल साझेदार रहेको बताए । ‘शान्ति सेना प्रक्षिण केन्द्र होस् या नेपालको प्रस्तावित डिफेन्स युनिभर्सिटीमा पनि हामी सहयोग गर्न तयार छौं’, उनले भने, ‘द्विपक्षीय सैन्य अभ्यास÷प्रशिक्षण निरन्तर छ ।’ प्राकृतिक प्रकोप उद्धारमा पनि अमेरिकाले नेपाललाई सहयोग गरेको उनले उल्लेख गरे । नेपाली सेनाको व्यावसायिकता वृद्धिका लागि सहयोग जारी राख्ने प्रतिबद्धता उनले जनाए । उनका अनुसार नेपाललाई उपलब्ध गराउने भनिएको स्काई ट्रक जतिसक्दो छिटो पठाउने तयारी छ । पहिले दुई र त्यसपछि दुइटा ट्रक नेपाललाई उपलब्ध गराउन काम भइरहेको छ । अमेरिकाबाट एम १६ राइफल खरिद प्रक्रिया अघि बढेको उनले सुनाए । नेपालको दुवै छिमेकसँग सम्बन्ध राम्रो रहेको र रहनुपर्ने धारणा उनले व्यक्त गरे । भूगोल, अनुभव र अब्बलता सबै हिसाबले नेपाल यस क्षेत्रमा भूमिका खेल्न सक्ने मुलुकका रूपमा रहने विश्वास अमेरिकाको रहेको उनले सुनाए । ‘नेपालको विकासमा अमेरिकाको सहयोग सधैं रहनेछ’, उनले भने । इन्डो–प्यासिफिक रणनीति चीन घेर्न होइन उनका अनुसार इन्डो–प्यासिफिक रणनीति चीन घेर्न नभई सहकार्यका लागि हो । यो सैन्य सहकार्य नभएको उनले बताए । ‘यसमा जाने÷नजाने नेपालको विषय हो । सार्वभौम मुलुकलाई त्यो अधिकार रहन्छ’, उनले भने, ‘कुन देशको समूह छान्ने र रहने भन्ने विकल्प हामीले भनेका होइनौं । इन्डो–प्यासिफिकमा सहभागी हुनु नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विविध बनाउनु र सार्वभौमिकता थप बलियो भएर जानु हो ।’ इन्डो–प्यासिफिकले नेपालको विकासमा सघाउ पुग्ने मात्र होइन, यस क्षेत्रमा सहकार्यको अवसर जुट्ने अमेरिकी दाबी छ । यसलाई चीन एक्ल्याउन वा अन्य दृष्टिले ल्याएको भनेर नबुझ्न उनले आग्रह गरे । ‘यो लोकतान्त्रिक संस्थालाई मजबुत बनाउन र सहकार्य गर्दै अघि बढाउन अमेरिकाले ल्याएको क्षेत्रगत आधार हो’, उनले भने, ‘यसमा अमेरिका एक्लै छैन । यो अवधारणा सहकार्यको एक पाटो हो ।’ उनका अनुसार नेपाललाई मिलेनियम च्यालेन्ज कोअपरेसनमार्फत ५० अर्ब डलर सहयोग पनि इन्डो–प्यासिफिक अवधारणाअन्तर्गत हो । ‘यसबाट पनि इन्डो–प्यासिफिक आर्थिक सहकार्यको एक हिस्सा वा करिडोर हो भन्ने पुष्टि हुन्छ’, राजदूत बेरीले भने, ‘एमसीसीमा नेपाल भाग्यमानी भएर ठूलो परियोजना पाएको हो । अन्य मुलुकमा साना परियोजना गएका छन् ।’ चिनियाँ लगानी पारदर्शी हुनुपर्ने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत हुने लगानी पारदर्शी होस् भन्ने चाहना रहेको अमेरिकाले जनाएको छ । ‘चीनले नेपालमा गर्ने लगानी नेपालको हितमा हुनुपर्ने मात्र होइन, यसको पारदर्शिता रहोस् भनेर हामीले सार्वभौम मुलुकलाई धारणा राख्ने हो’, फेल्टरले भने, ‘धेरै देशमा चिनियाँ लगानीले फाइदा गरेको छैन । नजिकैको श्रीलंकाको हम्मनटोट्टा स्मरण गर्नुस्, टाढाको अफ्रिका पुग्नै पर्दैन ।’ श्रीलंका र माल्दिभ्स चिनियाँ लगानीका कारण ‘डेट ट्र्याप’मा परेको उनले सुनाए । ‘मलेसियालगायत केही देशले परियोजना रद्द गरिरहेका छन्’, उनले भने, ‘नेपालमा पनि चीनले गर्ने लगानी पारदर्शी भए राम्रो हुने हाम्रो सुझाव हो । नेपालको हितमा चिनियाँ लगानी होस् ।’ चीनसँग नेपालको सम्बन्ध राम्रो रहोस् भन्ने चाहनाअनुसार सुझाव दिएको उनले सुनाए । चीनलाई उसका नीतिहरूमा परिवर्तन गर्न बाँकी विश्वले सहयोग गर्नुपर्ने देखिएको उनले सुनाए । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापति र अन्य उच्च अधिकारीसँग भेट मात्र गरेनन् पत्रकारसामु आफ्ना धारणा राखे । यस क्रममा उनले भने, ‘सम्बन्धमा उतारचढाव आउँछ । तर, त्यो व्यवस्थापन हुँदै जान्छ ।’ राजदूत बेरीले कार्यक्रमहरूमा अमेरिकी सैनिक अधिकारी सहभागी हुनु सामान्य भएको बताए । यसमा अन्य कुनै सन्देश नभएको उनले स्पष्ट पारे । ‘हामी लोकतन्त्रमा विश्वास गर्छौं । मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान पनि गर्छौं । त्यसैले जे हुन्छ खुला रूपमा हुन्छ’, उनले भने, ‘हाम्रो दूतावासमा १ सय १० जना हामी अमेरिकी कार्यरत छौं । सबै स्थानमा म पुग्न पाउँदिनँ । त्यसैले हामी बाँडिन्छौं । अन्यथा केही होइन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE