काठमाडौँ। तराई÷मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ ।
सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको छ ।
यहाँस्थित भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा हेल्दी नेपाल कम्युनिटी फाउण्डेशनद्वारा ती जिल्लाका करीब ४५ हजार महिलामा गरिएको स्वास्थ्य परीक्षण तथा उपचारबाट सो समस्या देखिएको फाउण्डेशनका अध्यक्ष शेखर गिरीले जानकारी दिए । उनका अनुसार सो अध्ययन सन् २०१६ देखि २०१८ सम्म गरिएको थियो ।
स्वास्थ्य परीक्षणबाट पाठेघर खस्ने समस्या देखिएका महिलालाई उपचार सेवा उपलब्ध गराइएको थियो । पाठेघर समस्या भएका महिलाको उपचारका लागि फाउण्डेशनले ती जिल्लाका विभिन्न अस्पतालसँग सहकार्यसमेत गरेको थियो । तीमध्ये पाठेघर खसेका ३६० महिलाको शल्यक्रियासमेत भएको फाउण्डेशनले जनाएको छ ।
विशेषगरी पिछडिएका, अल्पसङ्ख्यक, सीमान्तकृत महिलामा पाठेघर खस्ने समस्या पाइएको अध्ययनमा संलग्न फाउण्डेशनका कार्यक्रम संयोजक डा सदीक्षा गिरीले जानकारी दिइन् । उनले भिनन्, “अझै पनि कम उमेरमा विवाह गर्ने प्रचलन, जन्मान्तरको फरक कम, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीलगायतका कारण महिलामा पाठेघर खस्ने समस्या छ ।”
अध्ययनका क्रममा रोग लुकाएर बसेका महिलाको सङ्ख्या उल्लेख्य रहेको पाइएको थियो । “सामाजिक अपहेलना हुने भयले पाठेघर खस्ने महिला उपचारमा नआउँदा समस्या बढ्दो छ”, कार्यक्रम संयोजक गिरीले भनिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघर खस्ने समस्याको निःशुल्क उपचारको व्यवस्था गरेको छ तर उपचारको पहुँचमा नआउँदा यो समस्या विकराल बन्दै गएको बताइएको छ ।
भारतीय राजदूतावासले महिला सशक्तीकरणअन्तर्गत प्रजनन स्वास्थ्य क्षेत्रमा सहयोग गरेको पहिलोपटक रहेको बताइन्छ । तीन चरणमा सम्पन्न गरेको सो परियोजनाको कुल अनुदान रकम चार करोड ९४ लाख ७० हजार ८४० रहेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: