काठमाडौँ । गत वर्ष लेलेस्थित आनन्दवन अस्पतालले ३० जना कुष्ठरोग प्रभावितको रोग निदान गरेको छ ।
अस्पतालमा आएका बिरामीको रोग निदान भएको लेलेस्थित आनन्दवन अस्पतालमा कार्यरत तालीम अधिकृत गोपाल पोखरेलले बताए । उनका अनुसार नेपालमा यो संस्थालाई मात्रै नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठन दुवैले रोग निदान गर्न मान्यता दिएका छन् । उनले भने, \'बिरामी अस्पतालमा आएपछि कुनकुन अङ्गमा कति असर पुगेको छ भन्ने परीक्षण गरेर रोग निदान गरिन्छ ।\'
कुष्ठरोग निदान हुने बिरामीको सङ्ख्या पनि बढिरहेको पोखरेलले बताए । सन् २०१८ मा ३० जनाको निदान भएकामा सन् २०१७ मा २३ जनाको रोग निदान भएको अस्पतालले जनाएको छ । सन् २०१६ मा २८ जना, सन् २०१५ मा २३ जना र सन् २०१४ मा १८ जनाको रोग निदान भएको तथ्याङ्क छ । अस्पतालले रोग प्रमाणित भएका बिरामीलाई औषधि र शल्यक्रिया दुवैमार्फत उपचार गर्दै आएको छ ।
रोग लागेका व्यक्तिलाई रोगको लक्षण देखिनासाथ स्वास्थ्य संस्था पुर्याएर उपचार गर्नुपर्नेमा अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा महेश साहको जोड छ । उनका अनुसार रोगको लक्षण देखिएपछि जति चाँडो उपचार गरिन्छ त्यो व्यक्तिको अङ्गभङ्ग हुने र रोग अर्को व्यक्तिलाई सर्ने दुवै सम्भावना कम हुन्छ । उनले भने, \'धेरै मानिस स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ गर्दा व्यक्तिको शरीरका अङ्ग बिग्रिएर अपाङ्ग हुन्छन् ।\' देशभरमा गत वर्ष तीन हजार १८७ नयाँ बिरामी फेला परेको स्वास्थ्य सेवा विभागको तथ्याङ्क छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: