रुकुम । पश्चिमका स्थानीय तहले मदिरामुक्त अभियान सुरु गरेका छन् । मदिरामुक्त क्षेत्र घोषणा गर्ने वडालाई पुरस्कृत गर्ने कार्यक्रमसहित स्थानीय तहले यस्तो अभियान सुरु गरेका हुन् । चौरजहारी र आठबीसकोट नगरपालिकामा मदिरामुक्त क्षेत्र घोषणा कार्यक्रम तीव्र रूपमा अघि बढिरहेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - चौरजहारी नगरपालिकाले चैत पहिलो सातासम्म मदिरामुक्त घोषणा गर्ने वडालाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । तोकिएकै समयमा मदिरामुक्त क्षेत्र घोषणा गरे नगरक्षेत्रका १४ वटै वडालाई पुरस्कृत गरिने नगर प्रमुख विशाल शर्माले बताए । जिल्ला समन्वय समितिले १६ फागुनबाट जिल्लामा मदिरा बिक्री–वितरण, उत्पादन तथा सेवनमा पूर्ण रूपमा बन्देज लगाएको छ । जिससको अभियानलाई सहयोग पु-याउन वडा कार्यालयमार्फत मदिरामुक्त अभियान सुरु गरिएको मेयर शर्माले जानकारी दिए ।
आठबिसकोट नगरपालिकाले भने मदिरामुक्त घोषणा गर्ने वडालाई २५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । मदिरा निषेध गर्ने वडालाई २५ हजार नगदसहित पुरस्कृत गरिने नगर प्रमुख गोर्खबहादुर केसीले बताए । यसअघि नगरपालिकाले फागुन मसान्तसम्म १४ वटै वडा र चैत १ गते नगरलाई नै मदिरामुक्त घोषणा गर्ने तयारी गरेको थियो । तर, घोषणाअनुसार काम नहुँदा अहिलेसम्म तीन वडा मात्र मदिरामुक्त क्षेत्र घोषित भएका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: