Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रचण्ड भन्छन्– सोह्रबुँदेले डोर्‍याउँछ स्थिरतातर्फ

  • १६ बुँदेमा असन्तुष्टि जनाउनेहरुले समझदारीको वास्तविकता बुझेनन् ।
  • याे समझदारी राजनीतिक शक्तिसन्तुलनको उपज हाे ।
  • कुनै पनि राजनीतिक समीकरण स्थायी हुँदैन, परिस्थितिअनुसार फेरबदल हुन्छ ।
  • हाम्राे पार्टीको सैद्धान्तिक अडान त पहिचानसहितको १० प्रदेश हो, संसदीय व्यवस्था नमान्ने नै हो, प्रत्यक्ष राष्ट्रपति निर्वाचन नै हो, तर मुलुकको वर्तमान राजनीतिक विशिष्ट परिस्थितिमा समझदारीमा जानुको विकल्प थिएन ।
\"Prachanda_Next\"नेपालगन्ज, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\' ले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताएका छन् । उनले साे सहमतिले मुलुकलाइ राजनीतिक स्थिरतातर्फ डोर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा अाइतबार बाँकेकाे कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने– \'यो समझदारीपछि जनतामा नयाँ विश्वास पलाएको छ, राष्ट्रिय राजनीति स्थिरतातर्फ अग्रसर भएको छ ।\' अध्यक्ष प्रचण्डले आठ प्रदेशमा भएको समझदारी राजनीतिक शक्तिसन्तुलनको उपज भएको प्रष्ट पार्दै यसमा असन्तुष्टि जनाउनेहरुले समझदारीको वास्तविकता नबुझेकाे बताए । यो समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्नुनहुने बताउँदै उनले भने– \'तर कुनै पनि राजनीतिक समीकरण स्थायी हुँदैन, परिस्थितिअनुसार फेरबदल हुन्छ ।\' \'हाम्राे पार्टीको सैद्धान्तिक अडान त पहिचानसहितको १० प्रदेश हो, संसदीय व्यवस्था नमान्ने नै हो, प्रत्यक्ष राष्ट्रपति निर्वाचन नै हो, तर मुलुकको वर्तमान राजनीतिक विशिष्ट परिस्थितिमा समझदारीमा जानुको विकल्प थिएन\' – उनको स्पष्टोक्ति थियो । समझदारीपछि असन्तुष्ट राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास हुने बताउँदै उनले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हतारमा टिप्पणी गर्नुलाई सान्दर्भिक मान्न नसकिने समेत उल्लेख गरे । पत्रकारद्वारा सोधिएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशीजस्ता मुद्दा जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति आन्दोलनको माग भएकाले यसमा आफ्नो पार्टीले कुनै पनि परिस्थितिमा सम्झौता नगर्ने विश्वास दिलाउन प्रयास गरे ।

सहमतिका आधारमा संविधान निर्माण र विनाशकारी भूकम्पबाट प्रभावितको पुनर्स्थापना मुलुकको प्रमुख प्राथमिकताका विषय भएको भन्दै उनले बलियो राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको धारणा राखे  ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy