Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

पाठेघरको क्यान्सर छ कि छैन बेलैमा कसरी थाहा पाउने ?

एजेन्सी । १५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ ।

क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ। समयमै संक्रमण पत्ता लगाउन नसके ८९१० वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए नभएको प्याप स्मेयर टेस्ट गरेर पत्ता लगाउन सकिन्छ । प्याप स्मेयर टेस्टलाई पाठेघरको मुखको पानीको जाँच अर्थात् गर्भाशय स्राव परीक्षण भनिन्छ ।

यो एउटा सजिलो जाँच विधि हो । यो जाँच गराउँदा महिलालाई धेरै झन्झट र दुःख हुँदैन । प्याप स्मेयर टेस्ट गर्दा स्त्रीरोग विशेषज्ञले पाठेघरको मुखबाट कोष निकालेर एउटा सिसामा फैलाएर प्याथोलोजिस्ट कहाँ पठाउँछन्। प्याथोलोजिस्टले माइक्रोस्कोपमा ती कोषहरुलाई हेरेपछि त्यसमा संक्रमण रहेको वा क्यान्सर नै रहेको भन्ने पत्ता लाग्छ । २१ देखि ६५ वर्ष उमेरका महिलाले यसको परीक्षण गराउनुपर्छ। यो परीक्षण पहिला ६ महिनाको फरकमा तीनपटक गर्नुपर्छ ।

तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ। यसमा पनि नेगेटिभ देखिएमा ३ वर्षपछि परीक्षण गराउनुपर्छ। यसमा पनि नेगेटिभ देखिएमा ५ वर्षपछि परीक्षण गर्नुपर्छ। यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुँदैन।

यदि कुनै महिलाको पूरै पाठेघरको शल्यक्रिया गरेको छ भने उनीहरुले यो जाँच गराउनु पर्दैन। गर्भवती भएको बेलामा पनि यो जाँच गर्न मिल्छ। यो टेस्ट ५ देखि १५ मिनेटमा गर्न सकिन्छ। प्याप स्मेयर गर्दा दुई दिनअगाडि देखि यौन सम्पर्क गर्नु हुँदैन। साथै, यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन।

यो परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन।सरकारले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा प्याप स्मेयर टेस्ट निःशुल्क उपलब्ध गराउदै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies