Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

प्रदेश र स्थानीय तहमा जान्न भन्न मिल्दैनः मन्त्री पण्डित

धनगढी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कारबाही गर्ने बताएका छन् । सरकारी डाक्टरहरुको माग संविधान र संघीयता विरोधी भएको बताएका छन् । डाक्टरहरुको आन्दोलन नभएर रडाको भएको उनको तर्क छ । कार्यकर्ता भेटघाट तथा सुदूरपश्चिम प्रदेश भ्रमणको सिलशिलामा धनगढी पुगेका मन्त्री पण्डितले बुधबार प्रदेश पार्टी कार्यालय धनगढीमा सो कुरा बताएका हुन् ।

‘डाक्टर सरकारले खटाएको ठाउँमा जानुपर्ने छ’ मन्त्री पण्डितले भने ‘सबै सरकारी डाक्टरलाई संघ रोजेर काठमाडौंमा घुम्न दिइने छैन । प्रदेश र स्थानीय तहमा जान्न भन्न मिल्दैन ।’ उनले यदि कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने पनि बताए । गुनासो सुनुवाइ समितिमा आएका जाएज गुनासो आफूहरु सम्बोधन गर्न तयार भएको उनको भनाइ छ ।

गुनासो सुनुवाइ समितिमा समायोजन प्रक्रियामा चित्त नबुझेको भन्दै थुप्रै उजुरी परेको र त्यसको छानविन १२ ओटा टोली मिलेर गरिहरको मन्त्री पण्डितले जानकारी दिए ।तर, गुनासो सुनुवाइ समितिमा परेका ६० प्रतिशत उजुरी मनको बह पोख्नेमात्रै भएको बताए । विशेष अवस्था र परिस्थितिमा मात्रै समायोजनमा हेरफेर हुने उनको तर्क छ ।

यसबाहेक मन्त्रालयले जारी गरेको सूचनामा मेडिकल बोर्डमा एक हजार तिरेर झुटो सिफारिस लिएर करिब ८ सय जना डाक्टरले उजुरी दिएको मन्त्री पण्डितले बताएका छन् । सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले भने सरकारसँग विभिन्न माग राख्दै आन्दोलन स्वरुप सेवा नै ठप्प पारेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy