Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

महिलालाई सुन्दर देखिन दबाव

\"महिलाको रूपमा हामीले प्राय: आफ्नो सुन्दर पक्षलाई देखाउनु पर्ने बाध्यता हुन्छ,\"बाङ्ग्लादेशका महिलालाई सुन्दर देखिनुपर्ने दबावका बारेमा २९ वर्षीया फोटोग्राफर हबिबा नौरोस भन्छिन्।

\"\"

\"राम्री बन्ने बाटोमा हामीलाई हाम्रो व्यक्तित्व, कथाहरू र आघातहरू छोड्न लगाइन्छ।\" \"हामी आफ्नै लागि पनि अज्ञात बन्छौँ र हाम्रो परिचय लुकेर बस्छ।\" हबिबाका फोटोमा महिलाहरू उज्याला र रङ्गीन देखिन्छन्, तर उनीहरूको अनुहार पूरै छोपिएको हुन्छ। छोपिएको अनुहारले महिलाहरू सुन्दर बन्न गर्ने प्रयास गरे पनि हराउन पुगेको आफ्नोपनको प्रतिनिधित्व गर्छन्।

हबिबा बाङ्ग्लादेशी महिलाहरूले अरूलाई खुसी राख्न आफ्नोपनलाई कसरी बिर्सनुपर्छ भन्ने कुरा देखाउन चाहन्छिन्। बीबीसी बाङ्ग्लासँग कुरा गर्दैन हबिबाले एउटा नमीठो व्यक्तिगत अनुभवले यस्तो फोटो खिच्ने सोच आएको बताएकी छन्।

\"\"

\"जब मैले विश्वविद्यालयको पढाइ सकेँ तब मानिसहरूको मबाट धेरै अपेक्षा रहेको पाएँ। मैले बिहे गर्नुपर्थ्यो, बच्चा जन्माउनुपर्थ्यो, र राम्रो तलब आउने जागिर खानुपर्थ्यो। मैले धेरै महिलामाथि त्यस्तो भएको देखेको छु र यसरी हामी आफूलाई के चाहिएको छ भन्ने बिर्सिन बाध्य बनाइन्छ।\"

फोटोग्राफरको काम गर्न थालेको पहिलो वर्ष हबिबाले जति काम गरे पनि त्यो यथेष्ट नभएको पाइन्। \"यदि तपाईँ महिला हुनुहुन्छ र आफूलाई प्रमाणित गर्न चाहनुहुन्छ भने पुरुषभन्दा दोबर काम गर्नुपर्ने बाध्यता छ।\"

हबिबालाई आफू जालमा परेको महसुस भयो। \"मलाई लाग्यो म आफूलाई व्यक्तिको रुपमा बिर्सिरहेको छु। र मैले त्यसपछि आफू खुसी हुने काम गर्न थालेँ र आफूप्रति इमान्दार भएँ।\"

\"\"

छ वर्षपछि उनले एउटा शृङ्खलामा काम गर्न थालिन्। नाम थियो - \'कन्सील्ड\' अर्थात् \'लुकाइएको\'। \"मैले मेरो नराम्रो अनुभवलाई अस्वीकार गर्न र अरू मानिसको अपेक्षालाई उपेक्षा गर्न सुरु गरेकी थिएँ,\" उनी भन्छिन्।

सन् २०१६ मा ढाकामा आफ्नो कामको प्रदर्शनी गर्न थालेपछि उनको कामलाई धेरैले उत्सुकतापूर्वक लिए। तर कला समुदायको सबै महिलाहरूले उनको सन्देश बुझे पनि पुरुषहरूलाई भने व्याख्या गर्नुपर्ने उनको अनुभव छ।

\"\"

\"महिलाहरू आफ्नो अनुभवका कारण मेरो कार्यसँग सोझै जोडिए तर पुरुषहरूमा त्यस्तो भएन।\" हबिबाका अनुसार बाङ्ग्लादेशमा धेरै महिला फोटोग्राफर छैनन्। त्यसैले महिलाको कुरा कलामा देखिँदैन तर यो बिस्तारै परिवर्तन हुँदैछ। \"यो व्यवसायको सबै पक्षमा यस्तो महसुस हुँदैन होला, तर केही व्यक्तिहरूले फोटोग्राफीमा महिलाहरूको योगदान देख्न थालेका छन्,\" उनी भन्छिन्।

बीबीसी बाङ्ग्लाका स्यादुल इस्लामले लिएको अन्तर्वार्तामा आधारित।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy