Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

यस्तो छ, सुदर्शनले सर्वोच्चमा दिएको सनसनीपूर्ण बयान

काठमाडौं । विप्लव नेतृत्वको (नेकपा) का मध्य कमान्ड इन्चार्ज तथा स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’र्ले बुधबार सर्वोच्च अदालतमा शनसनी पुर्ण बयान दिएका छन । गत चैत्र ९ गते काभ्रेबाट पक्राउ परेका सुदर्शनले न्यायाधीश अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासमा राज्यबाट कसरी दमन भइरहेछ भनी खुलाएका हुन् । सुदर्शनले बयानमा झुटा रिपोर्ट बनाएर आफुलाई कसरी फसाइयो भनी उल्लेख गरेका छन् ।

यसैबीच उनलाई थुनामुक्त गर्न भनी दिएको बन्दीप्रत्येक्षीकरणको रिट भने सर्वौच्चले खारेज गरेको छ । गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सुदर्शनको छोरी विपनाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरिदिएको हो । विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

नेकपा नेता सुदर्शनसहित ९ जनालाई गत चैत ९ गते प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–४ बरूणबेसीबाट पक्राउ गरिएको थियो । नख्खु बिस्फोटको जिम्मेवारी लिएसँगै प्रहरीको सर्वाधिक खोजीमा रहेका सुदर्शनलाई महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरो र काभ्रेको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

यस्तो छ हेमन्त ओली ‘सुदर्शन’ले सर्वौच्चमा दिएको बयान

“म २ वटा कुरा मात्रै राख्छु । एउटा कुरा हाम्रो केछ भने अलिकति पार्टीका विषयमा राख्न चाहन्छु । हाम्रो पार्टीको समग्र परिचयका बारेमा राख्न चाहन्छु । लामो राख्न चाहान्न । अर्को बिषय जुन चाहिँ विस्फोटक पदार्थ र पेस्तोल सेस्तोल जो भिडाइएको छ नि ? त्यो विषयमा राख्न चाहन्छु ।

पहिलो कुरा त् हाम्रो पार्टीको विषयमा अलिकति भ्रम छन् । मलाई यहाँसम्म आउदाखेरी मानिसहरुले पुलिसलाई पनि सोध्ने की चाहिँ विप्लवलाई लिएर आउनुभयो भनेर भन्ने यो भ्रम छ। र कसैले नेकपा चन्द भन्छन्, कसैले नेकपा विप्लव भन्छन् । हाम्रो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हो । यो २००६ सालमा पुष्पलालले गठन गरेको पार्टीको बिकसित रुप हो ।

त्यसपछि अर्को पार्टी जुन छ नी नेकपा भनेर कोष्ठमा लेख्ने त्यो नक्कली पार्टी हो । त्यसकारण त्यो पार्टीले नेकपा लेख्न पाउदैन भन्ने पनि मेरो उजुरी छ । त्यसपछि मैले के भन्न चाहन्छु भने यो पार्टी भनेको र यसको मार्ग निर्देशक सिद्धान्त भनेको मार्क्सवाद, माओवाद, लेनिनवाद हो ।

यसको मार्गनिर्देशक सिद्धान्त त्यो भएपछि यसको दर्शन भनेको द्वन्द्वात्मक तथा एतिहासिक भौतिकवाद हो । यसको दर्शन भनेको दक्षिण कोरियाको हाक जा हानमुनको होली वाइन खाएर तपाईको चाहिँ क्रिस्चियन बन्ने पार्टी होइन यो त्यसकारण यसको बिपरित पार्टी हो । र अध्यात्मवादी पार्टी होइन ।

त्यसकारण पहिलो कुरा म उहाँहरुलाई के दोषारोपण गर्न चाहन्छु भने उहाँहरुले मेरी छोरी लगायत १७ हजार ८ सय, पुलिससेना तर्फबाट पनि मरे, १७ हजार ८ सयको बलिदानमाथि जे होली खेल्नु भाछ, जे ऐस आरा गर्नुर्भाछ यसप्रति पनि यो इजलासले, यो सर्वोच्च अदालतले हेरोस र हामीलाई जो दण्डित गर्दैछ हामी दण्डित हुनुपर्ने होकी यतिबेला उहाँहरु दण्डित हुनुपर्ने हो ? यो कुरा चाहिँ विशेषरुपले हेर्नुपर्छ भन्ने मेरो विशेष अनुरोध छ । यो खालको कुरा म गर्न चाहन्छु पहिलो कुरा ।

हाम्रो पार्टी भनेको त्यो पार्टी हो । जसले मार्क्सवाद, माओवाद, लेनिनवादलाई चाहिँ आफ्नो मार्गनिर्देशन सिद्धान्त मान्दछ । अब म दोस्रो कुरामा कहाँ गए भने चाहिँ हामीलाई काभ्रे जिल्लाको खानीखोलामा पक्राउ गरिएको हो । जुन कुरा यहाँ मिसिलमा सबै कुरा उल्लेख छ । र हामीलाई त्यहाँ पक्राउ गरेर साढे ४ बजे बिहान पक्राउ गरिएको हो ९ गते बिहान साढे ४ बजे ।

यो घटनालाई सर्वोच्च अदालतले राम्रोसँग हेर्नुपर्छ जस्तो मलाई लाग्दछ । अथवा यो इजलासले हेर्नुपर्छ जस्तो लाग्छ । त्यहाँबाट हामी १२ बजे ठेचो आइपुगेका छौं । त्यहाँ आइपुग्दासम्म हाम्रो झोलामा केहि पनि छैन । मेड इन जापान लेखिएको त्यहाँ चाहिँ पेस्तोल छ भनेर भनिएको छ । यदि मेड इन जापान लेखिएको त्यो पेस्तोल हुन्थ्यो भने त्यहाँ अर्कै हुनसक्थ्यो स्थिति ।

र म यसलाई के तुलना गर्छु भने मलाई जहिले पनि २०५५ सालको माघ २९ गते मलाई पक्राउ गर्दाखेरी पनि बाजुराको डोहोडीमा पक्राउ गरियो । र भोलिपल्ट फागुन १ गते तेस्रो जनयुद्ध दिवस थियो त्यतिबेला तीन बर्ष लाग्दै थियो । त्यतिबेला चाहिँ जिलेटिन हालिएको थियो झोलामा । झुट्टा मुद्दा लगाइएको थियो आज त्यहि दोहोर्याइदैछ फेरी ।

त्यसो भए मैले १८४४ मा मार्क्सले भन्नुभएको कुरालाई फेरी सम्झनुपर्ने हुन्छ । त्यसलाई आत्मसात गर्नुपर्ने हुन्छ । त्यो केहो भने, निश्चय नै हतियारको आलोचनालाई आलोचनाको हतियारले ठिक गर्न सकिदैन भन्ने कुरा चाहिँ मैले सम्झनुपर्ने हुन्छ र मार्क्सले पूंजीमा उल्लेख गर्नुभाछ की ‘कहिले पनि कानुनले क्रान्ति गर्दैन, क्रान्तिले कानुन बनाउछ ।’ यो कानुन पनि अहिले क्रान्तिले बनाएको हो ।

त्यसकारण हामीले जुनखालको रगत पसिना बगाएर यो उपलब्धि प्राप्त गरेका छौं, आज आएर चाहिँ जुन हाम्रो हातमा हतकडी लगाइएको छ, र आज जाली तमसुक गराइएको छ त्यो मुचुल्कामा। हामीलाई कालो चस्मा लगाएर सीबीआईले कहाँ लियो थाहा छैन । म ४५ सालमा त्यहाँ हिरासतमा पर्दाको त्यहि महेन्द्रपुलिस क्लब रैछ त्यहिं लिएको रैछ ।

शहरभर घुमाएर कालोकट्टि बाँधेर कहाँ लगियो थाहा छैन । पंचायत फाल्दा पनि हिरासत बारम्बार परे । त्यसपछि जनयुद्धमा ३ बर्ष जेल परे । अहिले पनि भर्खरै पोहोर साल पनि बिराटनगरमा पक्राउ परेको थिए । र त्यसकारणले गर्दाखेरी म यहाँ निवेदन के पेश गर्न चाहन्छु भने यो सत्यतथ्य चाहिँ खोज गरियोस र झुटो आरोप लगाइयो भने मतलब त्यहि कुरा मैले सम्झनु पर्ने हुन्छ यहि निवेदन गर्न चाहन्छु ।”

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies