Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ: सफल परीक्षण भए तीन वर्ष अन्तरीक्षमै रहने

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षतर्फ पठाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट–१’ नेपाली समयअनुसार आज (बिहीबार) बिहान २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको हो ।

अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट सिग्नोस कार्गो यानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पु-याउनेछ । नेपालसहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि पठाएको छ । श्रीलंकाको बिहान २ः१६ र जापानको ५ः४६ मा पठाएको छ । स्याटेलाइट प्रक्षेपणको अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रत्यक्ष प्रसारण गरेको थियो । नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलका अनुसार आइएसएसमा रहेका अन्तरिक्षयात्रीले एक महिनासम्म भू–उपग्रहबारे थप परीक्षण र अध्ययन गर्नेछन् ।

सफल परीक्षण भए डेढ महिनापछि भू–उपग्रहलाई अन्तरिक्षको पृथ्वी कक्षमा छाडिने नास्टका प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले बताए । त्यतिवेला उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब चार सय किलोमिटरमाथि नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म रहनेछ । उपग्रहले खिचेर पठाउने तस्बिर र त्यसबाट प्राप्त तथ्यांकका आधारमा नेपालले थुप्रै उपलब्धि लिन सक्ने डा. ढकाल बताउँछन् । दैनिक मौसम र विपत्सम्बन्धी पूर्वजानकारीसँगै तथा जलवायु परिवर्तनबारे अध्ययनमा नेपाललाई सहयोग पुग्ने उनले बताए । स्याटेलाइटमा ४३७ मेघाहर्जको युएचएफ ब्यान्ड प्रयोग गरिएको छ ।

जसले बनाए नेपाली भू–उपग्रह
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा भू–उपग्रह निर्माण गरिएको हो । क्युटेकको बड्स–३ परियोजनाअन्तर्गत नेपाली वैज्ञानिक आभाष मास्के नेतृत्वको टोलीले डेढ वर्ष लगाएर नेपाल, श्रीलंका र जापानका सानो आकारका भू–उपग्रह बनाएको हो । परियोजनामा नास्टका वैज्ञानिक हरिराम मास्केसहित जापान र श्रीलंकाका समेत केही विद्यार्थी वैज्ञानिक सहभागी थिए ।

एक किलो तीन सय ग्राम तौल रहेको नेपाली नानो भू–उपग्रहको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै छ । पहिलो भू–उपग्रह निर्माणका लागि सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । २८ असोज ०७४ मा अर्थमन्त्रीस्तरीय निर्णयबाट नास्टले जापानी विश्वविद्यालयसँग भू–उपग्रह निर्माणका लागि सम्झौता गरेको थियो ।

उप्रग्रहले अन्तरिक्षबाट पठाउने तथ्यांक हेर्ने ग्राउन्ड स्टेसन छैन
नेपालको आफ्नै भू–उपग्रह अन्तरिक्षतर्फ लाग्यो । तर, भू–उपग्रहले अन्तरिक्षमा खिच्ने तस्बिर एडप्ट गर्ने र त्यसको अध्ययन गर्ने टोली बस्नका लागि आवश्यक प्राविधिक कक्ष ‘ग्राउन्ड स्टेसन’ भने छैन । नास्टले स्टेसनका लागि आवश्यक उपकरण खरिदका लागि बल्ल प्रक्रिया अघि बढाएको छ । १९ चैतमा २१ दिनको म्याद राखेर इच्छुक फर्महरूबाट आवेदन मागेको छ । आवेदन परेपछि आशयपत्रका लागि कम्तीमा एक साता लाग्छ । त्यसपछि मापदण्डअनुसार छानिएको कम्पनीसँग सम्झौता गरी खरिद प्रक्रिया पूरा गर्न कम्तीमा एक महिना लाग्छ ।

‘नास्टको प्राज्ञसभा ढिला भयो, त्यसको तयारीले पनि केही ढिला भयो,’ प्रवक्ता डा. सुरेश ढुंगेलले भने, ‘कहिले उपकुलपतिज्यू नहुने, कहिले सचिवज्यू नहुने, कागजी प्रक्रियामै अल्मलियो ।’स्टेसनका लागि ट्रान्समिटर, रिसिभर, एन्टेना, कम्प्युटर, मनिटरलगायत उपकरण आवश्यक पर्छन् । यी सामग्री खरिद गर्न नास्टसँग २० लाख रुपैयाँ मात्रै बजेट छ । बजेटको सीमाभित्र रहेर सामग्री खरिद प्रक्रिया बढेको ढुंगेलले बताए । स्टेसन निर्माणका लागि मेकानिकल इन्जिनियर रोशन पाण्डे जापानबाटै तालिम लिएर आएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE