Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

पक्राउ गर्न प्रहरी पुगेपछि पूर्वराष्ट्रपतिद्वारा आत्महत्या

बीबीसी । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्। आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो। बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका थिए।

घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भएका थिए। प्रहरीले उनीहरूलाई अगाडि बढ्नबाट रोकेका थिए। गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप थियो। उक्त आरोप उनले अस्वीकार गर्दै आएका थिए। गार्सियाले सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए।

उनको निवासमा के भयो ?

घुस लिएको आरोपको सम्बन्धमा उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरूलाई पठाइएको थियो। पेरुका आन्तरिक मामिलामन्त्री कार्लोस मोरानले पत्रकारहरूलाई बताए अनुसार उनको निवासमा प्रहरी पुग्दा फोन गर्न भन्दै एउटा कोठामा गएर उनले ढोका बन्द गरेका थिए।

त्यसको केही मिनेटमा गोली चलेको आवाज आयो। प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा बसिरहेका थिए। त्यसपछि लिमास्थित एउटा अस्पताल पुर्‍याइयो जहाँ उनको शल्यक्रिया भयो, तर उनी बाँच्न सकेनन्। वर्तमान राष्ट्रपति भिस्काराले एउटा ट्वीट गर्दै पूर्वराष्ट्रपतिको निधनको खबरले आफू \'स्तब्ध\' भएको बताएका छन् र उनका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

के आरोप लागेको थियो ?

आफ्नो दोस्रो कार्यकालमा राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित ओडुब्रेस्ट कम्पनीबाट उनले घुस लिएको अनुसन्धानकर्ताहरू बताउँछन्। ओडुब्रेस्टले सन् २००४ यता पेरुमा ३ करोड डलर उनलाई घुस दिएको स्वीकारेको छ।

तर गार्सियाले आफू राजनीतिक पूर्वाग्रहको शिकार भएको बताउँदै आएका थिए। मङ्गलवार एउटा ट्वीट गर्दै उनले आफूविरुद्ध \'कुनै प्रमाण नरहेको\' बताएका थिए। गत वर्षको नोभेम्बरमा उरुग्वेमा राजनीतिक शरणका लागि उनले असफल प्रयास गरेका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE