Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेसले महाधिवेशन अघि सरकार नछोड्ने

\"Sushil_Koirala\"१ असार काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष सरकार लम्ब्याउने खेलमा लागेका आंशका सवत्र्र हुन थालेको छ । गत हप्तामात्रै १६ बुँदे सहमति गरी असार मसान्ताभित्रै नयाँ संविधान जारी गर्ने र सरकार हस्तान्तरण गर्ने सहमति जनाएको कांग्रेसले संविधान निर्माणका उपसमितिमाहरु झिकेको बखेडाले कांग्रेस आफ्नो महाधिवेशनसम्म सरकार लम्ब्याउने योजनामा रहेको एमालेका नेताहरुले बताउन थालेका छन् । असार मसान्ताभित्रै ‘फास्ट ट्रयाक’बाट संविधान निमार्ण गर्ने सहमति गर्दा समेत आनाकानी गरेका कांग्रेस सभापति सुशिल कोइरालाले उपसमितिमा रहेका आफ्ना सदस्यहरुलाई सहमति भइसकेको बुदाँहरुमा समेत बहस गर्न निर्देशन दिएको भित्री स्रोत बताउँछ । आफ्नो महाधिबेशन अगाढी सरकार छोड्न नचाहेको कांग्रेसले १६ बुँदे सहमति ठुलो पार्टी हुनुको नैतिक दवावमा मात्रै गरेको कुरा एमाओवादीका एक नेताले बताए । उनि भन्छन् ‘पहिलो संविधानसभाको चुनाव लगत्तै पनि नेपाली कांग्रेसले सत्ता छोड्न चाहेको थिएन, यसपाला पनि उसै गरिरहेको छ’। संविधान मस्यौदा समितिले गठन गरेका ५ वटै उपसमितिहरुमा कांग्रेसका प्रतिनिधिहरु प्रकृयाका नाममा विलम्ब गर्न खोजीरहेका छन् । १६ बुँदे सहमतिको मसी सुक्न नपाउँदै संविधानको प्रस्तावनामा  ‘बहुलबाद’ राख्नैपर्ने अडान राखेर एकदिन ढिला गरेको कांग्रेसले उपसमितिहरुमा समेत उसै गरिराखेको छ  । एमालेका एक नेताको बुझाईमा संविधान निमार्णमा कांगे्रसलाई आपत्तिभन्दा पनि सरकार लम्ब्याउने खेलको लागेको छ  । आँउदो भदौमा आयोजना गरिएको कांग्रेसको अधिबेशनलाई ध्यानमा राखेर कांग्रेसले षड्यन्त्र गरिरहेको समेत उनको कथन छ । अधिबेशनमा सरकारको बलमा गर्ने र नेतृत्वमा प्रभाव पार्ने कोइराला रणनितीले यसमा काम गरेको उनको ठहर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending