Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चोरीका ल्यापटपसहित समातिए अभियुक्त

\"Laptops\"१ असार, काठमाडौँ । ३७ थान चोरीका ल्यापटप तथा चार्जरसहित प्रहरीले दुई व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट कल्याणपुरका कुमार थापा भनिने तेजबहादुर मगर र चोरीका सामान भएको थाहा पाए पनि लुकाई बिक्री गर्ने विराटनगर मधुमाराका रवि साह छन् ।
गत जेठ २८ गते राति काठमाडौँको टोखामा रहेको अमेरिकी माइकल जे हेसले सञ्चालन गर्दै आएको द चेल्सी एजुकेसन सेन्टरबाट अन्दाजी रु १६ लाख बराबरका ती ल्यापटप थापाको टोलीले चोरी गरेको प्रहरीकाे दावी छ ।

मगर यसअघि मातातीर्थ र कीर्तिपुरमा भएको चोरी घटनामा आठ वर्ष कारागारमा परी २०६८ फागुनमा मुक्त भएका थिए । मगरले कोटेश्वरमा डेरा गरी बस्ने राहुल गुप्ताका डेरामा लुकाइछिपाई राखेका अवस्थामा महानगरीय अपराध महाशाखा प्रहरीले ती ल्यापटप बरामद गरेको थियो ।

त्यस्तै जेठ २६ गते अपराह्न बुढानिलकण्ठ– ९ स्थित राजु सापकोटाको डेराको ताला फोडी ल्यापटप चोरी गर्ने उमेश मगर, मनीष लामा, दिलीप तामाङलाई तथा भूकम्पको त्रासले मानिस घर छाडी पालमा सुतेका अवस्थामा राति ढुङ्गेधारा र स्वयम्भूमा चोरी गर्ने समूहका रामबहादुर लामा, सुमन थापा, जीवन भनिने तुलसबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेको छ । अभियुक्त सबैलाई बरामद गरिएको सामानसहित महाशाखाले आज महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending