Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नेतृत्व गर्नेहरुको नियत र कार्यशैली लोकतान्त्रिक भएन –सुर्यराज आचार्य

\"\"लोकतन्त्र प्राप्ति राजनीतिक विकासको एउटा महत्वपूर्ण उपलब्धि हो । जनताले पनि लोकतन्त्रलाई राजनीतिक अधिकार र राजनीतिक स्वतन्त्रताका रुपमा बुझेका छन् । राजनीतिक अधिकार र स्वतन्त्रताले खासगरी जनजीवन, जीवनस्तर, विकास, समृद्धि र रोजगारी जस्ता पक्षमा पनि अपेक्षित सुधार हुन्छ भन्ने जनताको आकांक्षा थियो । ०६२/०६३ सालको आन्दोलन पनि एउटा शसस्त्र आन्दोलनको निकासको रुपमा लोकतन्त्र जोडिएर आएको थियो । त्यसपछिका १०/१२ वर्षलाई हेर्यो भने लोकतान्त्रिक व्यवस्थालाई नेतृत्व गर्ने नेतृत्व तहमा रहेका दलहरु र नेताहरुमा लोकतन्त्रकै मर्म विपरितको व्यवहार गर्ने संस्कृति देखिए । संविधान र राज्यव्यवस्थामा लोकतन्त्र भन्ने तर नेतृत्व गर्ने राजनीतिक दलहरुको नियत र कार्यशैली लोकतन्त्र प्रतिकुल देखियो । त्यसले गर्दा राज्य संयन्त्रका भएका संस्थागत व्यवस्था पनि कमजोर भए । लोकतन्त्र पछि राजनीतिमा विकृति र राज्यसंयन्त्रमा उच्छृङ्खलता विकास भयो । जसको कारण विकास, समृद्धि र रोजगारीका कुराहरु ओझेलमा परे । त्यसको परिणाममा लोकतन्त्रले यूवालाई के दियो भन्ने प्रश्न उठ्न पुग्यो । लोकतन्त्रले यूवालाई विदेशमा पलायन गरायो । देशमा बस्न सक्ने स्थिति बनेन । हाम्रा नेताले गरेको अभ्यासका कारण भएका राज्यसंयन्त्रमा हुने चेक एण्ड ब्यालेन्सका संरचना नै भताभुंग हुने स्थिति आयो । अख्तियार भन्नुस या संवैधानिक आयोग भन्नुस उनिहरु गतिहिन बन्न पुगे । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालगायतका संवैधानिक निकायहरुको हुनुपर्ने सन्तुलित सम्बन्ध खस्कदैं गएको छ । जसले गर्दा सत्ताधारीहरुको राज्यदोहन र भ्रष्टाचारमा कुनै लगाम भएन । अहिले हेर्दा कुशासनसहितको राज्य व्यवस्थाको विकास भएको देखिन्छ । अस्थव्यस्थताकाे असर देशभित्र मात्र रहेन । जसले अन्तराष्ट्रिय सम्बन्धमा पनि विश्वासको वातावरण गुम्दै जान थाल्यो । हाम्रा दुई छिमेकी मुलुक चीन र भारतसँग हुने विश्वासको सम्बन्ध अहिले कमजोर छ । त्यसको अभिव्यक्ति स्वरुप संविधान जारीहुने वित्तिकै दक्षित तर्फबाट नाकाबन्दी भएको थियो । उत्तरी देश चीनसँगको सम्बन्ध पनि एक खालको अपडाउन अनि विश्वासको लयमा नभएको हो की भन्ने देखिन्छ । फेरि अर्को कुरा विश्वसनियता भनेको अलिक गम्भिर सन्दर्भ पनि हो । यसले राष्ट्रकै सुरक्षामा पनि प्रभाव पार्दछ । लोकतन्त्रका पछिल्ला वर्षहरुमा हाम्रो अनुभव त्यति सुखद होइन कि जस्तो देखिन्छ । तर लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था आफैंमा उत्कृष्ट व्यवस्था पनि हो । फेरि यो व्यवस्थाले व्यवस्था हाँक्नेहरुबाट केहि माग पनि गर्छ । सहि राजनीतिक चरित्र, नैतिकता, जनउत्तरदायित्व, पारदर्शिता र शुसासन लोकतान्त्रिक व्यवस्थाका आधार हुन् । नेतृत्वमा यसले एकदमै बढि इमान्दारीता खोज्छ । पछिल्लो स्थिति हेर्दा हाम्रो नेतृत्व वर्ग लोकतन्त्रका मर्मलाई सम्मान गर्न असफल भएका छन् । अब त उनीहरुको नियतमा नै प्रश्न उठाउनु पर्ने संकेत देखिएका छन् । लोकतन्त्र प्राप्तिको यी वर्षहरुलाई हेर्दा जुनढंगले उत्साह र उमंगका साथ स्वागत गरिएको थियो आज आफैंलाई प्रश्न सोध्ने अवस्थामा पुर्याइएको छ । लोकतन्त्र प्राप्तिका यी वर्षमा जनताले के पाए ? जनअपेक्षा कति पुरा भए ? नयाँ पुस्ताले कसरी सोंचेको छ ? भन्ने कुरालाई अब पनि ध्यान दिन सकेनौं भने लोकतन्त्र प्रतिकै गद्दारी ढहर्छ । हामीलाई समयले माफीदिने छैन । (आचार्य, विवेकशील साझा पार्टीका प्रवक्ता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending