Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

मानव तस्करी र ठगी गरेको आरोपमा फरार भएका सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडाै । नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको पटक–पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्छन् । हाल उनी क्यानडा बस्दै आएका छन् । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । ‘उनीविरुद्ध रेड नोटिस जारी गर्न हामीले आठ महिनादेखि प्रयास गर्दै आएका थियौँ,’ प्रहरीको इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जोशीले भने, ‘लामो प्रयासपछि रेड नोटिस जारी गर्न हामी सफल भएका छौँ । उनलाई नेपाल ल्याएर अब कारबाही गर्न सहज भएको छ ।’ गौतम विदेशी नागरिक भएकाले उनीविरुद्धका प्रमाण पटक–पटक इन्टरपोलले मागेको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत साउनमै वारेन्ट जारी गरेको थियो ।

समुद्रमै मृत्यु भएपछि खुल्यो रहस्य
घटना दुई वर्षअघिको हो । सो समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पुर्‍याएको थियो । दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी फिल्मको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पु¥याइएको थियो । हाइटीबाट सामान्य किसिमको पानीजहाजमा उनीहरूले अमेरिकाको सीमामा पुर्‍याउँथे । उनीहरूलाई पनि सोही पानीजहाजमा राखियो । जसमा तीन नेपालीसहित १५ जना थिए । सबैजना सोही समूहमार्फत अमेरिका जाने प्रयासमा थिए ।

तर, समुद्रको बीचमा पानीजहाज बिग्रियो । उनीहरूसँग भएको खानेकुरा पनि सकियो । धेरै दिनसम्म समुद्रमै उनीहरूले पानीजहाजमा रुँदै बिताए । तिर्खा खप्न नसकेपछि भक्तपुरकी सुमित्रा कुँवरले समुद्रकै पानी पिइन् । सोही कारण पानीजहाजमै मृत्यु भएको थियो । केही दिनपछि सो पानीजहाज समुद्री बहावसँग बग्दै बहमास देशको किनारमा पुगेको थियो । सो देशका सुरक्षाकर्मीले पानीजहाज नियन्त्रणमा लिएका थिए । त्यहाँबाट करिब एक महिनापछि अन्य दुई नेपाली महिला फर्किएका थिए । उनीहरूकै उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको थियो ।

महाशाखाले बाग्लुङका सागर श्रीस, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरूमाथि छानबिन गर्दा सो गिरोहको नेतृत्व सुदर्शन गौतमले गरेको खुलेको थियो । उनले ६० लाख रुपैयाँ लिएको प्रमाणसम्म प्रहरीले फेला पारेको थियो । लगत्तै महाशाखाले रेड कर्नरका लागि प्रक्रिया अघि बढाएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह गौतमको समूहले करिब ५० जनालाई अमेरिका लैजाने भनेर ठगी गरेको बताउँछन् । ‘उजुरी दिन्छु भनेपछि कतिपयको उनले पैसा नै फिर्ता गरिदिएका थिए,’ सिंह भन्छन्, ‘एक युवतीको मृत्यु भएपछि उनको धन्दा खुलेको हो ।’

महाशाखाको अनुसन्धानमा अमेरिका पठाइदिने भनेर एकैजनासँग उनको गिरोहले ४० लाख रुपैयाँसम्म लिने गरेको थियो । कलाकार बनाएर हाइटीसम्म लैजाने र त्यहाँबाट समुद्री बाटो हुँदै कतिपयलाई अमेरिकासम्म तस्करीसमेत गरिन्थ्यो । त्यसक्रममा धेरै पक्राउसमेत परेका थिए । अर्काे एक मानव तस्करीको घटनामा पनि गौतमविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जसमा उनलाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिएको छ ।

दुवै हात नभएर पनि सगरमाथा चढेका कारण चर्चामा आएका गौतमले नायिका रेखा थापासँग मिलेर ‘हिम्मतवाली’ नामक चलचित्रसमेत बनाएका थिए । सो चलचित्रमा उनले अभिनयसमेत गरेका थिए । त्यही वेला उनीविरुद्ध ठगीसम्बन्धी उजुरी परेको थियो । त्यसयता उनी नेपाल आएका छैनन् ।

एक वर्षमा पाँच अपराधी विदेशबाट ल्याइयो
पछिल्लो वर्ष इन्टरपोलसँग नेपाल प्रहरीको सहकार्य बढिरहेको छ । गत वर्ष मात्र नेपालमा अपराध गरेर भागेका पाँचजनालाई प्रहरीले विभिन्न देशबाट ल्याएर मुद्दा दायर गरेको थियो । मानव बेचबिखन मुद्दामा फरार मीना लामा र श्यामकुमार लामालाई कुवेतबाट, बलात्कार मुद्दाका सिंहबहादुर थिङलाई युएईबाट, वैदेशिक रोजगार ठगीमा संलग्न सोमनाथ निरौलालाई चीनबाट र सुन तस्करीमा संलग्न बेनु श्रेष्ठलाई युएईबाट पक्राउ गरी प्रहरीले नेपाल ल्याएको छ । उनीहरू हाल जेलमा छन् ।

तीनजना विदेशमा पक्राउ
इन्टरपोलसँगै सहकार्यमा हाल तीनजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । युएईमा दुईजना तथा थाइल्यान्डमा एकजनालाई नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । सनम शाक्य हत्या र सुन तस्करीमा संलग्न भएको अभियोगमा फरार रहेका रमेश उप्रेती र हरिशरण खड्कालाई नेपाल ल्याउने तयारी भइरहेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौँ ठग्ने पर्शुराम गुरुङलाई पनि थाइल्यान्डबाट नेपाल ल्याउने तयारी भइरहेको छ । थाइल्यान्डस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा उनी पक्राउ परेका हुन् ।

उनले क्यानडा, अस्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने आश्वासनमा करोडौँ रुपैयाँ ठगी गरेको भन्दै दूतावासमा उजुरी परेको थियो । फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको थियो । थाइल्यान्डमा समेत अवैध रूपमा बस्दै आएकाले उनीविरुद्ध त्यहाँ पनि कारबाही भइरहेको छ । ‘अपराध गरेर विदेश भागे पनि अब जोगिन सहज छैन,’ एसएसपी जोशी भन्छन्, ‘विश्वभरिका प्रहरीसँग हाम्रो सहकार्य छ ।’ रेड नोटिस जारी भएका अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरी नेपाल ल्याउन पहल भइरहेको उनको भनाइ छ ।

एक वर्षमा ३१ जनाविरुद्ध नोटिस जारी
०७५ सालमा प्रहरीले १६ जनाविरुद्ध रेड नोटिस तथा १५ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । ‘गत वर्ष इन्टरपोलसँगको हाम्रो सहकार्य उत्कर्षमा पुग्यो,’ गत सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले भने, ‘पहिलोपटक हामीले विभिन्न देशका प्रहरीलाई इन्टरपोलको सहकार्यमा तालिमसमेत दिएका छौँ ।’ गत वर्ष इन्टरपोलको सहकार्यमा नेपालमा दुईवटा तालिम सम्पन्न भएका थिए । गत सोमबारको पत्रकार सम्मेलनमा नेपाल प्रहरीको अन्तर्राष्ट्रिय सहकार्य बढ्दै गएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE