Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

नाइजेरियन डोंगटे ग्रुपले १० करोड, जीएमआरले ३ करोड दिए

\"GMR-1-640\"२ असार, काठमाडौं । नेपालका भूकम्प पीडितहरुको राहत र पुनस्थापना कार्यको लागि नेपालमा लगानी गर्न आएको नाइजेरियाको डंगोटे ग्रुपले १० करोड रुपैयाँ (१ मिलियन डलर) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा सो ग्रुपका कार्यकारी  निर्देशक डीभीडी एडवीनले १ मिलियन डलर (लगभग १० करोड नेपाली रुपैयाँ) को चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा कम्पनीको च्यारिटी हेर्ने डोंगटे फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत जारिया युसुफाई र ग्रुपका जनरल म्यानेजर एवं नेपाल परियोजना हेरिरहेका हिक्मत थापा पनि उपस्थित थिए । ग्रुपले मकवानपुर जिल्लामा सिमेन्ट कारखाना खोल्न अनुमति लिइसकेको छ । नेपालमा परेको प्राकृतिक विपत्तिमा सानो सहयोग गर्न पाएकोमा आफूहरुलाई सन्तोष मिलेको कार्यकारी निर्देशक एड्वीनले बताइन् । सो अवसरमा प्रधानमन्त्री कोइरालाले हालको भूकम्प नेपालको वर्तमान पुस्ताले भोगेको सबैभन्दा ठूलो विपत्ति भएको उल्लेख गर्दै पुनस्र्थापना र पुनर्निर्माण कार्यलाई परिणाममा पुर्याएर आधुनिक नेपालको निर्माणको अभियान प्रारम्भ गर्नेमा आफू विश्वस्त भएको उल्लेख गरे । उहाँले नेपालमा प्राकृतिक स्रोत प्रचूर मात्रामा भएर पनि दिगो शान्ति, राजनीतिक स्थायित्व, लोकतन्त्र नभएका कारणले विगतमा तिनको उपयोग हुन नसकेको उल्लेख गरे । कोइरालाले नेपालमा सम्भावना अनन्त भए पनि लगानीकोे दृष्टिले नेपाल कौमार्य भूमिको रुपमा रहेको बताए । त्यसैगरी नेपालमा अपर कर्णाली र मर्स्याङ्दी जलविद्युत आयोजना विकास गरिरहेको भारतीय कम्पनी जीएमआरले पनि भूकम्प पीडित नेपालीहरुको राहत र पुनस्र्थापनाका लागि ३ करोड रुपैयाँ प्रदान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जीएमआर इनर्जी हाइड्रोका उपाध्यक्ष आरबी सेसनले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा जीएमआर इनर्जी हाइड्रोका चिफ अपरेटिङ अफिसर हरविन्दर मनोचाले विगत एक वर्षमा भारतसँग भएको विद्युत् व्यापार सम्झौता र नेपाल सरकारले जीएमआर र सतलज जलविद्युत् निगमसँग गरेको परियोजना विकास सम्झौताले जलविद्युतको क्षेत्रमा लगानीकर्तालाई ठूलो आत्मविश्वास जगाएको बताए । सहयोग रकम हस्तान्तरण समारोहमा उपस्थित भएका नेपालका लागि भारतीय राजदूत रञ्जित रेले वितेको एक वर्षयता नेपालले दुई ठूला जलविद्युत् विकास कम्पनीसँग गरेको परियोजना विकास सम्झौता, पेट्रोलियम पाइपलाइन, फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय एअरपोर्ट  निर्र्माण कार्यमा उल्लेख्य प्रगति भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy