Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

टीट्वान्टी छनाेटमा नेपाल ७ रनले हिमाञ्चलसँग पराजित

\"Cricket\"काठमाडौँ, २ असार । ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताका लागि भारत भ्रमणमा रहेकोे नेपाली टोली अभ्यास खेलमा भारतको हिमाञ्चल प्रदेशसँग पराजित भएको छ ।

भारतको धर्मशाला क्रिकेट मैदानमा आज भएको अभ्यास खेलअन्तर्गत अन्तिम खेलमा नेपाली टोली हिमाञ्चलसँग सात रनले पराजित भएको हो । उक्त प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि हिजो भएको खेलमा पनि नेपाल हिमाञ्चलसँग २४ रनले पराजित भएको थियो ।

त्यसैगरी, नेपालले पहिलो खेलमा हिमाञ्चलमाथि पाँच विकेटको जित हात पारेका थियो भने दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो । टस जितेर पहिले व्याटिङ रोजेको हिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रनको योगफल तयार पा¥यो । जवाफी व्याटिङमा उत्रेको नेपाल भने २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनमा समेटियो । हिमाञ्चलको जितमा अभिमन्यु रानाले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अमित कुमारले ४९ रन जोडे भने राघव धवनले १८ रन जोडे । हिमाञ्चललाई १५० रनमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले दुई विकेट लिए भने जितेन्द्र मुखिया, प्रदिप ऐरी र बसन्त रेग्मीले समान एक एक विकेट लिए । यसैगरी, नेपालका लागि भने कप्तान पारस खड्काले ३६ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले २९, राजेश पुलामी २३, अनिलकुमार मण्लडले १५ र शरद भेषवाकरले १३ रनको योगदान दिए । नेपाललाई सस्तैमा समेट्ने क्रममा हिमाञ्चलका श्रेष्ट निरमोही र राहुल सिंहले दुई÷दुई विकेट लिए भने पङ्कज शर्मा, शुमित बर्मा र राघव धवनले एक–एक विकेट लिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy