Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय, पाँच महिनामा २ सय २० को उद्धार

\"women\"२ असार, सुरुङ्गा (झापा) । बिर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ । पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पुर्याउने गिरोहका व्यक्ति झापामा पक्राउ पर्न थालेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो । भूकम्पबाट पीडित युवतीलाई विदेशमा राम्रो कमाई हुने आश्वासन देखाउँदै पूर्वी नाका काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगरलगायतका स्थानबाट भारतसहित तेस्रो देश पुर्याउने गिरोहका एक महिला र एक पुरुषलाई बुधबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो । बर्दिया सानो श्रीगाविस– ९ की १८ वर्षीया प्रमिला केसीलाई उनीहरुले भारत लैजान लाग्दा प्रहरीले बिर्तामोडबाट उनको उद्धार गरेको छ । एक साताअघि शनिअर्जुन नगरपालिका– ६ का मीना घतानी राजवंशीको घरमा ल्याइएकी उनलाई एक सातासम्म झापामा राखेर भारत लान लागेको गोप्य सूचनाका आधारमा केसीको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घरधनी राजवंशी तथा मोरङ उर्लावारी– ६ का सन्दीप बुढाथोकीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ । उनीहरुलाई चेलीबेटी बेचबिखनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । त्यस्तै स्नालु– ७, रामेछाप घर भएका हर्क तामाङलाई प्रहरीले झापाको धुलाबारीबाट मंगलबार पक्राउ गरेको थियो । पक्राउ परेका तामाङ चेलीबेटी बेचबिखनमा संलग्न भएको जनाउँदै धुलावारीमा सञ्चालित रञ्जित होटलबाट प्रहरीले पक्राउ गरेको थियो । लामो समयदेखि पाँचजना युवतीलाई होटलमा राखेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रामेछाप, सिन्धुपाल्चोक, नवलपरासी र सुनसरी घर भएका युवतीलाई किर्गिजस्तान लैजान भन्दै उनले उक्त होटलमा राखेको बताइएको छ । राहदानीलगायत अन्य कागजात समेत उनीहरु आफैंले बनाइदिएर ती युवतीलाई भारत हुँदै किर्गिजस्तान लैजान लाग्दा प्रहरीले उद्धार गरेका ती युवतीलाई काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखिएको र अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । काठमाडौं निवासी श्याम श्रेष्ठले युवतीलाई झापासम्म ल्याएर राखिदिएवापत तामाङलाई प्रतिव्यक्ति भारतीय रुपैयाँ १५ हजार दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । एक साताअघि झापाको भद्रपुर हुँदै चार जना युवतीलाई भारत लैजाँदै गर्दा प्रहरीले सोही गिरोहका दुईजना महिलालाई जलथलबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जलथल– ७ की हिमा श्रेष्ठ र सोही ठाउँकी २८ वर्षीया सरिता लिम्बू रहेका छन् । उनीहरुले भद्रपुरमा महिलालाई राखेर भारतलगायत तेस्रो देश पुर्याउने गरेको बताइएको छ । माइती नेपालको कार्यालय काँकडभिट्टाका अनुसार गत जनवरीदेखि मईसम्म ५ महिनाको समयावधिमा २ सय २० जना महिलाको उद्धार गरिएको छ । खुला सीमाना भएका कारण पूर्वबाट महिलालाई भारतलगायत तेस्रो देश लान सहज भएका कारण एजेन्टले यो बाटो प्रयोग गर्ने गरेको माइती नेपाल काँकडभिट्टाका प्रमुख तथा पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उनका अनुसार केही दिनअघि मात्र दुई जना दलाललाई काँकडभिट्टा नाकाबाट पक्राउ गरी मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending