Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

आजदेखि नीति तथा कार्यक्रममाथि छलफल, ६ वटा संशोधन दर्ता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल हुने भएको छ। सत्तारुढ दलका सांसदहरुमाथि नीति तथा कार्यक्रमको विपक्षमा बोल्न \'ह्विप\' लगाइएकाले प्रतिपक्षी सांसदहरुले मात्रै टिप्पणी गर्नेछन्।

संसद् सचिवालयका अनुसार, नीति तथा कार्यक्रममाथि विभिन्न ६ वटा संशोधन दर्ता भएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकलगत्तै संशोधन दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमको समग्रमै संशोधन चाहेको छ। कांग्रेसका २४ सांसदले सबै बुँदामा फेरबदल जरुरी भएको भन्दै संशोधन दर्ता गराएका छन्।

लोकतान्त्रिक शासन व्यवस्थलाई नै कमजोर पार्ने नीति तथा कार्यक्रम ल्याएको आरोप पनि कांग्रेसको छ। ‘मेरो सरकार’ शब्दमा पनि कांग्रेसले संशोधन चाहेको छ । कांग्रेसले सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सक्ने गरी कार्यक्रमगत प्रष्टता नभएको टिप्पणी गरेको छ ।

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले \'संविधानको सर्वस्वीकार्यतामा विमति नरहेको\' भन्ने सरकारको भनाइलाई संशोधन गर्न भनेका छन्। नीति तथा कार्यक्रममै संविधानको सर्वस्वीकार्यता र स्वामित्व बढाउन संविधान संशोधनको प्रतिबद्धता हुनुपर्ने राजपाको नेताहरुको माग छ।

यसैगरी राजपाका महामन्त्री लक्ष्मणलाल कर्ण तथा सहमहामन्त्री चन्दा चौधरी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि संशोधन दर्ता गराएका छन्।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy