Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

‘भातै मात्र खाने लक्ष्य राख्ने ?’ – ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भातै मात्र खाने लक्ष्य नराख्न आग्रह गरेका छन् । उनले भात खानेभन्दा माथि उठेर विकास निर्माणमा सोंच्न आग्रह गरेका हुन् ।

संसदमा सम्बोधन गर्दै ओलीले भने, ‘अचम्म लाग्छ सुन्दाखेरि । हामी नेपालीहरु आज पनि भात खाने लक्ष्य राख्ने, भोली पनि भातै मात्र खाने लक्ष्य राख्ने । भात खाने लक्ष्यभन्दा अलि माथि जानु पर्यो नि !\'

भातै खानलाई अब सरकारले जिम्मा लिने उनको भनाई छ । प्रधानमन्त्री ओलीले खानै नपाएर कोही भोकै नमर्ने बताएका छन् । ओलीले भने, ‘हामीले मौलीक हकसम्बन्धि संविधानमै त्यो प्रबन्ध गरेका छौं र यस्तो कानूनहरु निर्माण गरेका छौं । मैंले डिकिलियर गरेको छु, सरकार छ यस देशमा । कोही भोकले मोर्दैन ।\'

उनले जनताको आधारभूत गास, बास र कपासको जिम्मा सरकारले लिइएसकेको बताएका छन् । उनले भने, ‘जनतालाई आवास दिने आवास विहिन कोही हुँदैन भनेका छौं । आवासको प्रबन्ध हामी गर्छौं । छोराछोरी पढाउनको लागि आधारभूत तहको शिक्षा निशुल्क, किताब कलमसहित र खाजाको व्यवस्था आवश्यक पर्नेलाई । त्यो गरेका छौं । स्वास्थ्यको विमा प्रबन्ध बच्चादेखि बढेसकालसम्मका लागि गरेका छौं ।\'

सरकारले सामाजिक जीवनमै रुपान्तरण हुने धेरै काम गरेको ओलीको दाबी छ । उनले नेपालले निरपेक्ष गरिबि १/२ वर्षभन्दा माथि नजानेसमेत बताएका छन् । ‘अब नेपालमा निरपेक्ष गरिबि १/२ वर्षभन्दा उता जाँदैन । निरपेक्ष गरिबी भन्ने जनसंख्या कति कहिलेसम्म रहन सक्छ ? यो सक्दैन । अब खानलाउन नपाउने, बस्न नपाउने नेपालमा कोही पनि हुँदैन ।\'

उनले सडकमा कोही देखिए नजिकको प्रहरीमा खबर गर्नसमेत आग्रह गरेका छन् । ‘जिरिङ्ग कपाल भएको, मैंले भएको, घाउ शरिरभरि भएको, सडकका पेटी पेटी पसारिएको, त्यो देख्न पाउनुहुन्न नेपालमा । त्यसको प्रबन्ध सरकारले गर्छ । त्यसको अन्त्य भयो मैंले भनेको छु ।\'

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy