एजेन्सी । इतिहासकार रामचन्द्र गुहाले महात्मा गान्धी ब्रिटिश सामाज्य्रको बफादार भएको कुरा आफ्नो किताबमा दाबी गरेका छन् । उनले १३ अप्रिल १९१९ मा जलियांवाला बाग नरसंहार भएपछि गान्धी फेरिएको उल्लेख गरेका छन् । नरसंहार पश्चात गान्धीले उच्च अधिकारीसँग आरोपीलाई कारबाही गर्न माग गरेका थिए । त्यसबखत नरसंहारका आरोपितलाई कारबाही नभएपछि उनी अंग्रेज साम्राज्यको कट्टर विरोधी बन्न पुगे ।
१९१९ देखि पहिले गान्धी पंजाब गएका थिएनन्
गुहाले आफ्नो किताब ‘शहादत से स्वतन्त्रता’ मा १९१९ भन्दा पहिला गान्धी पंजाब नगएको खोलेको छन् । पंजाब राजनीतिक रुपमा संवेदनशील क्षेत्र भएको बारे गान्धी सचेत भएको पनि किताबमा उल्लेख छ । गदर आन्दोलनको साथ १९०५–१९०७ मा भएको स्वेदशी आन्दोलनका केन्द्र पंजाब नै थियो । त्यहाँ मानिसहरुले ब्रिटिश शासनको जसरी विरोध गरेका थिए त्यो देखेर गान्धी डराएका थिए ।
गान्धीलाई पंजाब जान दिइएन
गान्धी ८ अप्रिल १९१९ मा पञ्जाब जानको लागी मुम्बइबाट दिल्ली हुँदै निस्के । तर ब्रिटिश सरकारले उनलाई पंजाब जान दिएन । उनी अहमदाबाद पुगे । गान्धीलाई रोकिएको खबर पंजाबमा पुगेपछि त्यहाँ हिंसा भड्कीएको थियो । १० अप्रिलमा अमृतसरमा भएको भीडले धावा बोल्यो । ब्रिटिश बैंकमा आगजनी गरिए । कतिपय मेनेजरलाई हत्या गरिदिए । हिंसा ११ अप्रिलसम्म जारी रहेको थियो । शहरमा मार्शल कानून लागु गरिएको थियो । यसको कमाण्ड जनरल डायरले जिम्मा लिएका थिए ।
१३ अप्रिल १९१९ मा भयो जलियांवाला नरसंहार
वैसाखी मौकामा जलियांवालामा जम्मा भएका निहत्थे नागरिकमाथि अंग्रेजहरुले गोली बर्साए । जहाँ सयौं मानिसहरु मारिए । गुहाले पुस्तकमा लेखेअनुसार– नरसंहारको खबर मिलेसँगै गान्धी पंजाब जाने फैसला गरेका थिए । तर सरकारले उनलाई रोकिदिएको थियो । आखिर अक्टुबरमा उनलाई त्यहाँ जान दिइएको थियो । २२ अक्टुबरमा लाहौरको लागि निक्लेका गान्धी एकहप्ताको अभियानपछि अमृतसर पुगेका थिए ।
नरसंहार गर्ने अफिसरको कारबाही गर्नुको साटो सम्मान मिल्यो
किताबमा लेखिएको छ, घटनाले गान्धी धेरै आहत भए । उनले ब्रिटिश सरकारसँग तत्कालीन लेफ्टिनेन्ट गबर्नर सर माइकल ओ डोरको तुरुन्त बर्खास्त गर्न माग गरेका थिए । तर व्रिटिश सरकारले उनलाई कारबाही गर्नुको साटो मुक्तकंठले सम्मान गरेको थियो ।
त्यसपछि नै गान्धी अहिंस्रक आन्दोलन चलाउने फैसला गरे
गुहाले बताएअनुसार ब्रिटिश सरकारको यो फैसलासँगै गान्धी पुरै आहत भएका थिए । उनले यो फैसलासँगै निशस्त्र आन्दोलन चलाएर ब्रिटिश शासनलाई जरैदेखि फाल्नुपर्छ भनेर लागेको किताबमा उल्लेख गरेका छन् ।
‘शहादत से स्वतन्त्रता’ नामको किताब जलियांवाला नरसंहार भएको १०० वर्ष बितेको सम्झनामा विमोचन भएको छ ।
प्रतिकृया लेख्नुहोस्: