बुटवल । बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको मृत्यु सासुले नै मर्न बाध्य बनाएको छिमेकीले खुलासा गरेका छन्। ‘मलाई सासुले दैनिक पिट्छिन् भन्दै आएकी थिइन, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ’, स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन्। लक्ष्मीले वर्षौदेखि सासुको हिंसा खेप्नु परेको उनले बताइन्।
बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्री शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनि मृत्युको अघिल्लो बिहान सासुबाट कुटिएर घाइते भएकी थिइन्। बिहीबार मात्रै सासुको कुटाईबाट घाइते भएकी लक्ष्मीले स्थानीय मेडिकलमा उपचार गराएकी थिइन्। उनको आँखामा निलडाम रहेको छिमेकीले बताएका छन्। बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन।
मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमानले हटाएको हुनसक्ने बताएका छन्।
अर्घाखाँची गोखुङ्गा माइत भएकी लक्ष्मीको बिहे सात वर्षअघि भएको थियो। उनकी ६ वर्षकी छोरी छन्। श्रीमान रोजगारीका लागि दुबई आउनेजाने गर्छन्।स्थानीयले सासुकै यातनाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कारबाहीको माग गरेका छन्। प्रहरीले अनुसन्धानका लागि सासुलाई नियन्त्रणमा लिएको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: