सङ्खुवासभा । सभापोखरी गाउँपालिका–१ धुपुका यज्ञराज सुवेदीले स्थायी शिक्षकको नियुक्तिपत्र लिन निरोगिताको प्रमाणपत्र पेस गर्नुपर्ने भयो । त्यसका लागि केही दिनअघि उनी जिल्ला अस्पताल खाँदबारी पुगे । उनले ६ सय रुपैयाँ तिरेर अस्पतालबाट निरोगिताको प्रमाणपत्र लिए । तर, उनले ६ सय तिरेको कुनै रसिद पाएनन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सुवेदीजस्तै शिक्षकमा स्थायी नियुक्तिका लागि भोटखोला गाउँपालिका–२ को अरुणोदय माविका शिक्षक पिप्बा भोटेले पनि निरोगिताको प्रमाणपत्रका लागि जिल्ला अस्पतालमा ६ सय रुपैयाँ बुझाए । तर, उनलाई पनि त्यसबापत कुनै रसिद दिइएन । आफूले नगदी रसिद माग गर्दासमेत नपाएको उनले बताए ।
खाँदबारी अस्पतालले रसिदविनै सेवाग्राहीसँग निरोगिताको प्रमाणपत्रबापत अवैध असुली गर्दै आएको छ । चिकित्सकले आफूखुसी सेवाग्राहीसँग अवैध रूपमा मनपरी रकम असुल्दासमेत अस्पताल विकास समितिले चासो देखाएको छैन ।निरोगिताको प्रमाणपत्र दिँदा चिकित्सकले आफूखुसी रकम असुलेको विषयमा आफूलाई कुनै जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । ‘अस्पतालका कर्मचारीले नियमविपरीत रकम असुलेको पाइए त्यसलाई बन्द गर्छौं,’ उनले भने, ‘गलत भएको प्रमाणित भए कारबाही प्रक्रिया अघि बढाउनेछौँ ।’
जिल्ला अस्पताल खाँदबारीको नागरिक बडापत्रमा निरोगिताको प्रमाणपत्र लिँदा दुई सय रुपैयाँ मात्रै शुल्क लाग्ने उल्लेख छ । तर, नयाँ नियुक्त हुने स्थायी शिक्षकले निरोगिताको प्रमाणपत्र लिँदा जिल्ला अस्पतालका चिकित्सकलाई रसिदविनै ६ सय रुपैयाँ बुझाउँदै आएका छन् ।
२०३ शिक्षकले लिए नियुक्ति
संखुवासभाबाट दुई सय तीनजनाले स्थायी शिक्षकमा नियुक्ति लिएको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाले जनाएको छ । जिल्लामा मावि तहमा १९, निमाविमा २१ र प्राविमा एक सय ६३ जनाले नियुक्ति लिएका छन् । नियुक्ति लिने अधिकांशले जिल्ला अस्पतालबाट ६ सय रुपैयाँ तिरेर निरोगिताको प्रमाणपत्र बनाएका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: