Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

तातोपानी नाका मालवाहक सवारीका लागि मात्र

अत्याधुनिक ‘ड्राइपोर्ट’ हस्तान्तरण हुँदै
काठमाडौं । नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ । नेपालतर्फको सडक वर्षाअघि निर्माण नभए त्यो पनि सम्भव छैन । बाढी र पहिरोको चपेटामा परेको तातोपानी नाकालाई ०७२ को महाभूकम्पले ध्वस्त पारेको थियो । भूकम्पपछि उत्तरतर्फ सम्पर्क नै विच्छेद भएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ - चार वर्षयतादेखि यो नाकाबाट कुनै कारोबार भएको छैन । त्यहाँबाट हुने आंशिक कार्य रसुवागढीबाट हुने भए पनि यहाँको सडक पनि जर्जर छ । त्यसैले रसुवागढीबाट तातोपानी नाकाबाट अझै सामान ढुवानी सहज छैन ।

भूकम्पले तातोपानी नाकाका संरचना ध्वस्त भएदेखि नै नाका खुल्ने–नखुल्ने विषयमा बहस चलिरहेको छ । चिनियाँले भौगोलिक संरचना देखाउँदै त्यहाँबाट कारोबार गर्न नसकिने भने पनि नेपाली पक्षले राजनीतिक कारणबाट नाका खुल्न ढिलाइ भएको बुझाइ छ ।

तातोपानी नाकाबाट चीनविरोधी गतिविधि बढेको बुझाइ चिनियाँ पक्षमा परेपछि यो खुल्न समय लागेको हो । अहिले चीनबाट जुन मोडलमा नाका खोल्ने तयारी भइरहेको छ, त्यसबाट नाका राजनीतिक कारणले नै खुलाउन ढिलाइ भएको पुष्टि हुन्छ । नेपाली पक्षले पनि आफ्ना तर्फबाट गर्नुपर्ने काम अघि बढाएको थिएन । ‘चीनले मानिसको आउजाउ हुन नपाउने सर्तमा नाका पुनर्निर्माण गरेको हो’, अधिकारीले भने, ‘कुती (न्यालोम) बाट सीधा सामान सिल गरी नेपाली ड्राईपोर्ट (लार्चे) मा सामान खोल्ने गरी त्यो नाका सुचारु गराउन लागेको हो ।’

यो नाकाबाट मानिस माथिल्लो खासासम्म पुग्ने गर्थे । कतिपय त त्यहाँबाट ल्हासा नै जान्थे । तर, यसपटक चिनियाँ मानिसको आउ जाउमा उदार नहुने देखिएको परराष्ट्र अधिकारीले बताए । यो चीनसँगको पहिलो अन्तर्राष्ट्रिय नाका हो । दुई वर्ष अघिदेखि रसुवागढीलाई पनि अन्तर्राष्ट्रिय नाका भन्दै त्यहाँबाट आउजाउ गर्न थालिएको छ । त्यस्तै, हिल्सा–यारी नाकालाई पनि अन्तर्राष्ट्रिय नाकाका रूपमा लिइएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा रेलसँगै यो नाका खोल्ने विषय पनि प्रमुख एजेन्डाकै रूपमा उठ्यो । केपी ओलीको पहिलो कार्यकाल तथा केही समयअघि भएको चीन भ्रमणमा नाका खोल्ने विषय प्रमुख एजेन्डा बनेको थियो । यो एजेन्डामा चिनियाँ अधिकारीले छलफल पनि गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीको नौ दिने राजकीय भ्रमणमा पनि यो विषय उठ्यो । चीनका तर्फबाट तत्काल खोल्ने प्रतिबद्धता पनि आयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तातोपानी नाका छिट्टै खुल्ने अभिव्यक्ति बारम्बर सार्वजनिक गरे ।

छिमेकी चीन जोड्ने अन्य नाका पनि क्रमशः खोल्ने भनिँदै छ तर भएको नाकासम्म पुग्ने सडकलाई राम्रो बनाउनु आवश्यक छ । नेपालतर्फको सडक राम्रो नहुँदा हिउँदबाट मात्रै तातोपानी नाका पूर्ववत् अवस्थामा फर्कन सक्ने अनुमान गर्न सकिन्छ ।

तातोपानी नाका बन्द भएपछि हजारौंको रोटीरोजी खोसिएको छ । हजारौं परिवार त्यहाँबाट विस्थापित भएका छन् । अहिले फेरि चीन सरकारको सहयोगमा पुलसहित सडकमर्मत भएपछि बस्ती फर्कने अवस्थामा आएको छ । मानिसको आउजाउ सुरु भएको छ । भोटेकोसीमा पुल निर्माण सुरुदेखि नै विवाद भएको थियो । अहिले पनि यो विवादरहित भएन । विवादकै कारण पुल निर्माण ढिलो सुरु भयो । तर, अहिले काम सकिने चरणमा पुगेको छ ।

चिनियाँ सहयोगमा पुल निर्माण भइरहेको छ ।

पुल निर्माण र नेपालतर्फको सडक सम्याउने काम चिनियाँले गरिरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । चीनतर्फबाट नाकासम्म आउने सडक राम्रो भए पनि पुलयता नेपालको सडक कच्ची छ । पुल सकिएलगत्तै चीनले आफ्नो भव्य कार्यालय बनाएको छ । त्यहाँ सुरक्षाकर्मी रहनेछन् । त्यहाँ मानिसको आवतजावतका लागि दबाब परे सपिङ मल बनाउन सक्छ । पुल एक सय ६० मिटरको छ ।

पुलजत्तिकै महत्वपूर्ण अर्को कार्य हो, नेपालतर्फको भन्सार । २०७० पुस पहिलो साता चिनियाँ सहयोगमै निर्माण थालिएको सुख्खा बन्दरगाहको काम सकिन नपाउँदै बाढी र भूकम्पको चपेटामा परेको थियो । साढे दुई वर्षमा काम सक्ने भनिए पनि त्यो अहिले सकिने चरणमा पुगेको छ । चिनियाँ पक्षले जेठ पहिलो साता भन्सार हस्तान्तरण गर्दै छ । चीनतर्फको भन्सार निर्माण भइसकेको छ ।

तातोपानी भन्सारसम्बन्धी सबै कार्य भने लार्चे भन्सारबाट हुने भन्सार प्रमुख कृष्ण बस्नेतले बताए । उक्त आधुनिक भन्सारमा डेढ सयभन्दा ठूला कन्टेनर दुई दर्जन बढी अन्य गाडी अट्ने गरी निर्माण गरिएको छ । भन्सारभित्र सबै खाले सुविधा रहेको भन्सार प्रमुख बस्नेतले बताए ।

वाणिज्य मन्त्रालयलाई हस्तान्तरण गरेपछि भन्सार नेपालले औपचारिक रूपमा पाउँछ । बस्नेतले भने, ‘चीनको न्यालोमबाट सामान सिल गरेर यही भन्सारमा ल्याउने र खोल्ने काम हुनेझंै लाग्छ ।’

हामी चीनतर्फको विषय उठ्नेबित्तिकै रेलको प्रसंग ल्याउँछौं तर सामान्य सडकको विषय पनि ध्यान दिन नसकेको गुनासो अधिकारीको छ । चीनले केरुङसम्म नै रेल कहिले ल्याउने अझै पत्तो छैन ।

चीनले केरुङ हुँदै मानसरोवर रेल पुर्‍याउने भनिए पनि त्यो कार्य बीचमै रोकिएको छ । उसले अन्य विकल्प प्रयोग गरेको अवस्थामा नेपालले रेललाई दीर्घकालीन योजनामा राख्दै तत्काल सडकको महत्वमा जानुपर्ने बताइएको छ । रसुवागडीमा पनि यस्तै अत्याधुनिक भन्सार बनाउनै दोहोरो सडक सञ्जालको व्यवस्था गर्न आवश्यक रहेको सुुझाव अधिकारीले दिँदै आएका छन् ।

तातोपानी नाकाबाट हुने कार्य अघि बढाउन भन्सारको काममा निर्भर गर्छ । भन्सार सञ्चालनमा आएपछि सडकले साथ दिएमा भेहिकल आउजाउ प्रक्रिया आरम्भ हुनेछ । सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइनलगायत कार्यालय छन् । त्यहाँ सवारीसाधन तौलिने मेसिन पनि छ । दैनिक डेढ सय गाडीलाई जाँच गरी पठाउन सकिनेछ । यस्ता प्राविधिक विषयमा ध्यान दिएर सरकार अघि बढ्न आवश्यक रहेको अधिकारीले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE