काठमाडाैं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय विश्वको हजार र एसियाको तीन सय उत्कृष्ट विश्वविद्यालयभित्र परेको छ । बेलायतको ‘द टाइम्स हाइअर एजुकेसन’ म्यागेजिनले सार्वजनिक गरेको ‘वल्र्ड युनिभर्सिटी -याङकिङ–२०१९’ अनुसार त्रिवि विश्वमा ८०१–१००० भित्र र एसियामा २५१–३०० भित्र स्तरीकृत भएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - म्यागेजिनले विश्वका एक हजार दुई सय ५० विश्वविद्यालयलाई श्रेणीबद्ध गरेको थियो । यसमा ८६ देशका विश्वविद्यालय सहभागी थिए । जसमा नेपाल, इराक, जमैका, तान्जानिया र कजकस्तान पहिलोपटक सहभागी भएका थिए । म्यागेजिनले आमसञ्चारसम्बन्धी बहुराष्ट्रिय कम्पनी रोयटर्स कर्पोरेसनको सहकार्यमा विश्वविद्यालयसम्बन्धी तथ्यांक संकलन गर्छ ।
विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थी संख्या, शिक्षक–विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलका आधारमा सूचक तयार गरिएको थियो । त्यसैगरी, प्रकाशित लेखमा गरिएका साइटेसन, विश्वविद्यालयभित्र अध्ययनरत विदेशी विद्यार्थीको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्यालगायत मुख्य सूचकलाई आधार मानेर मूल्यांकन गरेको थियो ।
त्रिविले पहिलोपटक एसियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँले बताए । यो उपलब्धिबाट उत्साही बनेको उनले बताए । म्यागेजिनलाई उपलब्ध गराइएको विवरणअनुसार त्रिविमा तीन लाख ५९ हजार तीन सय ७७ विद्यार्थी अध्ययनरत छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: